काठमाडौं- हिमालयन डिष्ट्रिलरी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (पौष मसान्त) सम्म ४४ करोड ८३ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नाफा अघिल्लो त्रैमासको तुलनामा उल्लेख्य रूपमा बढेको हो।
दोस्रो त्रैमाससम्म कम्पनीको सञ्चालनबाट कुल आम्दानी ३ अर्ब २३ करोड ३० लाख रुपैयाँ पुगेको छ। अघिल्लो त्रैमासमा यो आम्दानी १ अर्ब ७ करोड ५७ लाख रुपैयाँ रहेको थियो भने अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ३ करोड २२ लाख रुपैयाँ थियो।
उत्पादनमा लाग्ने आयकारी कर कट्टा गरेपछि कम्पनीको खुद बिक्री आम्दानी १ अर्ब ७५ करोड ५२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो त्रैमासमा यो आम्दानी ५९ करोड ३३ लाख रुपैयाँ मात्र थियो।
कम्पनीको कुल नाफा १ अर्ब १६ करोड ९४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो त्रैमासमा कुल नाफा ३६ करोड १० लाख रुपैयाँ थियो भने अघिल्लो वर्षको सोही अवधिमा ९१ करोड १४ लाख रुपैयाँ रहेको थियो।
खर्चतर्फ हेर्दा कर्मचारी सुविधा खर्च, प्रशासनिक तथा अन्य खर्च, बिक्री तथा वितरण खर्चमा वृद्धि देखिए पनि आम्दानीको वृद्धिले समग्र सञ्चालन नाफा मजबुत बनाएको कम्पनीले जनाएको छ। दोस्रो त्रैमाससम्म सञ्चालन नाफा ६१ करोड २५ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो त्रैमासको १२ करोड ५७ लाख रुपैयाँको तुलनामा झण्डै पाँच गुणा बढी हो।
यस अवधिमा कम्पनीले ३ करोड २५ लाख रुपैयाँ गैर-सञ्चालन आम्दानी गरेको छ भने मूल्यह्रास तथा सम्पत्ति खर्च ४ करोड २८ लाख रुपैयाँ पुगेको छ। न्यून वित्तीय खर्चपछि कम्पनीको करपूर्व नाफा ६० करोड १६ लाख रुपैयाँ कायम भएको छ।
कर खर्चबापत १५ करोड ३२ लाख रुपैयाँ तिरेपछि कम्पनीको खुद नाफा ४४ करोड ८३ लाख रुपैयाँ पुगेको हो। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४० करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यस अवधिमा कम्पनीको प्रति सेयर आम्दानी २४ रुपैयाँ ३१ पैसा पुगेको छ। अघिल्लो त्रैमासमा ९ रुपैयाँ ७९ पैसा थियो भने अघिल्लो वर्षको सोही अवधिमा २१ रुपैयाँ ९६ पैसा रहेको थियो। पनि समान स्तरमा कायम छ।