आइतबार, असार १४ गते २०८३    
आइतबार, असार १४ २०८३

वीरगञ्ज नाकाबाट दलहनको आयात बढ्यो, ६ महिनामा ७ अर्ब ६४ करोड रुपैयाँको दलहन भित्रियो

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ १८ २०८२
वीरगञ्ज नाकाबाट दलहनको आयात बढ्यो, ६ महिनामा ७ अर्ब ६४ करोड रुपैयाँको दलहन भित्रियो

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको ६ महिनामा ३१ प्रतिशतले आयात बढेको बताए।

पर्सा- वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा ७ अर्ब ६४ करोड रुपैयाँको सात थरीका दलहनजन्य खाद्यान्न भित्रिएको छ। गत आर्थिक वर्षको ६ महिनामा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको दलहन खाद्यान्न भित्रिएको थियो।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको ६ महिनामा ३१ प्रतिशतले आयात बढेको बताए।

गत आर्थिक वर्षको ६ महिनामा भने ५ अर्ब ८३ करोड रुपैयाँको सात थरीका दलहन खाद्यान्न आयात भएको थियो। चालु आर्थिक वर्षको ६ महिनामा ३ अर्ब ८२ करोड रुपैयाँको मुसुरो दाल आयात भएको छ।

त्यस्तै सोही अवधिमा १ अर्ब १७ करोड रुपैयाँको सिमी/राज्मा आयात भएको छ। चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब १४ करोड रुपैयाँको चना आयात भएको छ।

त्यसैगरी १ अर्ब रुपैयाँको अन्य गेडागुडी आयात भएको छ। २७ करोड रुपैयाँबराबरको रहरको दाल र १६ करोड रुपैयाँको केराउ आयात भएको छ। त्यस्तै ५ करोड १० लाख रुपैयाँ बकुल्ला आयात भएको छ। रासस

प्रकाशित : आइतबार, माघ १८ २०८२१०:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend