शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सूर्यकुण्ड हाईड्रोको आईपीओमा आजदेखि आवेदन दिन सकिने

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ १८ २०८२
सूर्यकुण्ड हाईड्रोको आईपीओमा आजदेखि आवेदन दिन सकिने

कम्पनीले आफ्नो जारी पुँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशतले हुन आउने १३ लाख ७९ हजार ३५० कित्ता सेयरमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बाँडफाँट गरिसकेको छ।

काठमाडाैं- सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आज माघ १८ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ। 

कम्पनीले आफ्नो जारी पुँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशतले हुन आउने १३ लाख ७९ हजार ३५० कित्ता सेयरमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बाँडफाँट गरिसकेको छ।

दोस्रो चरण अन्तर्गत अब कम्पनीले कुल ५ लाख ७२ हजार ४३१ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो।कम्पनीले यसअघि नै कर्मचारीहरूका लागि १३ हजार ७९३ कित्ता र सामूहिक लगानी कोषहरूका लागि ३४ हजार ४८४ कित्ता सेयर सुरक्षित गरिएको छ। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यो निष्कासन प्रक्रिया छिटोमा माघ २१ गते र ढिलोमा फागुन ३ गतेसम्म कायम रहनेछ।

लगानीको सुरक्षाका दृष्टिले केयर रेटिङ नेपालले यस कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ रेटिङ दिएको छ। जसले वित्तीय दायित्व पुरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ। 

सेयर निष्कासनको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूका साथै ‘मेरो सेयर’ सफ्टवेयरमार्फत सहजै आवेदन दिन सक्ने सक्नेछन्।

प्रकाशित : आइतबार, माघ १८ २०८२१०:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend