आइतबार, असार १४ गते २०८३    
आइतबार, असार १४ २०८३

हवाई इन्धनको मूल्य घट्दा डिजेल र मट्टितेलको मूल्य बढ्यो

शनिबार, माघ १७ २०८२
हवाई इन्धनको मूल्य घट्दा डिजेल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौं- नेपाल आयल निगमले डिजेल तथा मट्टितेको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको बैठकले शनिबार रातदेखि लागु हुने गरी डिजेलतथा मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ बढाएको हो। भारतबाट मूल्य बढेर आएकाले समायोजन गरिएको निगमको भनाइ छ।

मूल्य समायोजनसँगै डिजेल तथा मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १ सय ३६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १ सय ३८ रुपैयाँ र तेस्रो वर्गका लागि १ सय ३९ रुपैयाँ कायम भएको छ।

निगमले विभिन्न स्थानलाई तोकेर वर्ग कामय गरेको छ। डिपोदेखि १५ किलोमिटरसम्मका लागि उक्त खुद्रा बिक्री मूल्य लागु हुने निगमले जनाएको छ।

त्यस्तै निगमले हवाई इन्धन (आन्तरिक र अन्तर्राष्ट्रियतर्फ) को मूल्य भने घटाएको छ। आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर एक रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंमा प्रतिकिलोलिटर सात डलर घटाइएको छ। मूल्य घटेसँगै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १ सय २७ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ९ सय ६६ डलर पुगेको छ।

इन्डियन आयल कर्पोरेशनबाट शनिबार प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर शून्य दशमलव १२ पैसा, डिजेल तथा मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ ६६ पैसा तथा एलपी ग्यासमा प्रतिसिलिन्डर ४५ रुपैयाँ ४९ पैसा बढेर आएको तथा हवाई इन्धनमा प्रतिलिटर १ रुपैयाँ ०८ पैसा घटेर आएकाले खुद्रा बिक्री मूल्य समायोजन गरिएको निगमले जनाएको छ।


प्रकाशित : शनिबार, माघ १७ २०८२२१:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend