आइतबार, असार १४ गते २०८३    
आइतबार, असार १४ २०८३

दुई विश्वशक्ति अमेरिका र चीनप्रति अन्य देशका मानिसको धारणा कस्तो?

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ २१ २०८२
दुई विश्वशक्ति अमेरिका र चीनप्रति अन्य देशका मानिसको धारणा कस्तो?

२४ देशका २८ हजारभन्दा बढी मानिसलाई सहभागी गराई अमेरिका र चीनबारे उनीहरुको धारण सोधिएको थियो।

काठमाठौं- पछिल्लो केही दशकयता अमेरिका विश्वको सदाबहार महाशक्तिको रुपमा रहि आएको छ। शक्ति राष्ट्रहरुले विश्वभर आफ्नो प्रभाव कायम राखिरहन विभिन्न खालका सहयोगदेखि कुटनीतिक सम्बन्ध विस्तार गरिरहेका हुन्छन्। 

अमेरिकासँगै उदीयमान शक्ति राष्ट्रहरुले पनि आफ्नो छिमेकीदेखिसँग सम्बन्धलाई कुटनीतिक तथा आर्थिक रुपमा विश्वभर फैलाइ रहेका हुन्छन्। २००० यता एसियाली देश चीन पनि विश्वको उदीयमान शक्ति राष्ट्रका रुपमा अघि आइरहेको छ भने ३० को दशक सकिँदा विश्वको महाशक्ति बन्ने दाउमा चीन रहेको छ। 

तर चीनका लागि विश्व महाशक्ति बन्न निक्कै चुनौतीहरु छन्। एसियाली देश तथा उसको छिमेकी मुलुक भारत पनि शक्तिशाली हुने रेसमा अघि आइसकेको छ। जनसंख्या र बढ्दो अर्थतन्त्रको आधारले भारतलाई प्रभावशाली मुलुक हुनबाट कसैले रोक्न सक्ने देखिँदैन। 

यद्यपी समकालीन विश्वमा अमेरिका पछि दोस्रो शक्ति राष्ट्री चीन हो। बलिया निर्यात व्यापारले चीनलाई विश्वभर प्रकावकारी बनाउन मद्दत गरिरहेको छ। अमेरिका आगामी कयौँ दशकसम्म महाशक्ति नै बनिरहन चाहन्छ भने चीन अमेरिकालाई उछिनेर महाशक्ति बन्न चाहन्छ। 

यी दुई देश प्रति विश्वका अन्य देशका नागरिकहरुको पर्सेप्सन कस्तो होला? भन्ने धेरैलाई चासो हुन सक्छ। शक्तिशली राष्ट्रहरु बारे देशअनुसार नागरिकहरुको राय फरक फरक हुने गरेको छ।

यसै सन्दर्भमा पेव रिसर्च सेन्टरले गरेको ग्लोबल एटिट्युड सर्भेबाट आएको तथ्यांकका आधारमा भिजुअल क्यापिटालिस्टले समाचार लेखेको छ। उक्त समाचारमा २४ देशका २८ हजारभन्दा बढी मानिसलाई सहभागी गराई अमेरिका र चीनबारे उनीहरुको धारणा सोधिएको थियो। 

२०२५ को जनवरी २८ देखि अप्रिल २६ सम्मको अवधिमा सो सर्भे गरिएको थियो। कयौँ देशका नागरिकहरुले अमेरिकाको पक्ष र कयौँले चीनको पक्ष लिएका छन् भने केहीले दुवैलाई समान रुपमा लिएका छन्। 

उक्त सर्भेमा आएको तथ्यांकका आधारमा अमेरिका र चीन प्रति कुन देशका सर्भेमा सहभागी नागरिकहरुले कति फेवर गरे भन्ने उल्लेख गरिएको छ। यस्तो छ तथ्यांक- 

१. इज्रायल- अमेरिकाको फेवरमा ८३ प्रतिशत, चीनको फेवरमा ३३ प्रतिशत

२. दक्षिण कोरिया- अमेरिकाको फेवरमा ६१ प्रतिशत, चीनको फेवरमा १९ प्रतिशत

३. जापान- अमेरिकाको फेवरमा ५५ प्रतिशत, चीनको फेवरमा १३ प्रतिशत

४. भारत- अमेरिकाको फेवरमा ५४ प्रतिशत, चीनको फेवरमा २१ प्रतिशत

५. पोल्यान्ड- अमेरिकाको फेवरमा ५५ प्रतिशत, चीनको फेवरमा ३५ प्रतिशत

६. बेलायत- अमेरिकाको फेवरमा ५० प्रतिशत, चीनको फेवरमा ३९ प्रतिशत

७. हंगेरी- अमेरिकाको फेवरमा ६० प्रतिशत, चीनको फेवरमा ५१ प्रतिशत

८. अस्ट्रेलिया- अमेरिकाको फेवरमा २९ प्रतिशत, चीनको फेवरमा २३ प्रतिशत

९. ब्राजिल- अमेरिकाको फेवरमा ५६ प्रतिशत, चीनको फेवरमा ५१ प्रतिशत

१०. अर्जेन्टिना- अमेरिकाको फेवरमा ५२ प्रतिशत, चीनको फेवरमा ४७ प्रतिशत

११. जर्मनी- अमेरिकाको फेवरमा ३३ प्रतिशत, चीनको फेवरमा २९ प्रतिशत

१२. इटाली- अमेरिकाको फेवरमा ४७ प्रतिशत, चीनको फेवरमा ४५ प्रतिशत

१३. स्वीडेन- अमेरिकाको फेवरमा १९ प्रतिशत, चीनको फेवरमा १८ प्रतिशत

१४. फ्रान्स- अमेरिकाको फेवरमा ३६ प्रतिशत, चीनको फेवरमा ३६ प्रतिशत

१५. क्यानडा- अमेरिकाको फेवरमा ३४ प्रतिशत, चीनको फेवरमा ३४ प्रतिशत

१६. नेदरल्यान्ड- अमेरिकाको फेवरमा ८३ प्रतिशत, चीनको फेवरमा ३३ प्रतिशत

१७. नाइजेरिया- अमेरिकाको फेवरमा ७८ प्रतिशत, चीनको फेवरमा ८१ प्रतिशत

१८. स्पेन- अमेरिकाको फेवरमा ३१ प्रतिशत, चीनको फेवरमा ३७ प्रतिशत

१९. दक्षिण अफ्रिका- अमेरिकाको फेवरमा ५० प्रतिशत, चीनको फेवरमा ५७ प्रतिशत

२०. टर्की- अमेरिकाको फेवरमा २५ प्रतिशत, चीनको फेवरमा ३५ प्रतिशत 

२१. ग्रीस- अमेरिकाको फेवरमा ४५ प्रतिशत, चीनको फेवरमा ५६ प्रतिशत

२२. केन्या- अमेरिकाको फेवरमा ६२ प्रतिशत, चीनको फेवरमा ७४ प्रतिशत

२३. इन्डोनेसिया- अमेरिकाको फेवरमा ४८ प्रतिशत, चीनको फेवरमा ६५ प्रतिशत

२४. मेक्यिको- अमेरिकाको फेवरमा २९ प्रतिशत, चीनको फेवरमा ५६ प्रतिशत


प्रकाशित : बुधबार, माघ २१ २०८२१२:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend