शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

काठमाडौंमा ‘युरोपियन क्लास’को स्कोडा सर्भिस सेन्टर

सोमबार, फागुन ३० २०७८
काठमाडौंमा ‘युरोपियन क्लास’को स्कोडा सर्भिस सेन्टर

काठमाडौं- स्कोडा अटोको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लू स्कोडाले सितापाइलामा ‘युरोपियन क्लास’को सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। सोमबार एमएडब्लूले विश्वस्तरीय सर्भिस सेन्टर उद्घाटन गरेको हो।  

स्कोडाको नयाँ ‘स्टेट-अफ-द-आर्ट’ सहित ‘युरोपियन-क्लास’को सर्भिस सेन्टर सुरु गरेको छ। कम्पनीले सर्भिस सेन्टरको निर्माण ‘कर्पाेरेट आइडेन्टिटी’ र डिजाइनमा गरिएको जनाएको छ। यो सर्भिस सेन्टरबाट ग्राहकले युरोपियन स्तरको सर्भिस पाउने कम्पनीले बताएको छ। 

काठमाडौंस्थित आधुनिक वर्कसप नेपाली बजारमा स्कोडाको स्थानलाई अझ बलियो बनाउने उद्देश्यले निर्माण गरिएको हो। यो सर्भिसबाट स्कोडाका ग्राहकले अद्वितीय युरापियन गुणस्तरको सर्भिस पाउने कम्पनीको भनाइ छ। 

Skoda Service 2.jpg

काठमाडौंको सितापाइलास्थित स्कोडाको सर्भिस १५ हजार वर्ग फिटमा फैलिएको छ जहाँ ग्राहकलाई तुरुन्त सेवा दिन दुई वटा पोस्ट लिफ्ट र इन्डिभिज्युअल टुल सेटसहितको १४ वटा बे रहेका छन्। 

यहाँ ड्राइभिङसँग सम्बन्धित समस्याको पहिचानका लागि ‘इन-हाउस’ ‘टेस्ट ड्राइभ ट्रयाक’ र ठूलो स्पेयर्स पार्ट्स ‘वेयरहाउस’ पनि रहेको छ। 

‘हामीले हाम्रा ग्राहकका लागि युरोपियन क्लासको सर्भिस सेन्टर दिन पाउँदा निकै हर्षित छौं,’ स्कोडा नेपालका कार्यकारी निर्देशक रौनक अग्रवालले भने, ‘हामीलाई विश्वास छ यो स्टेट-अफ-आर्ट सर्भिस सेन्टर र गुणस्तरीय प्रक्रियाले अद्वितीय सर्भिस अनुभव दिलाउन सक्नेछौं।’  

हाल नेपालका नौ वटा सहरमा स्कोडाको सर्भिस नेटवर्क छ र ग्राहकको सहजताका लागि यसलाई थप फराकिलो बनाउने लक्ष्य स्कोडाले लिएको छ।


प्रकाशित : सोमबार, फागुन ३० २०७८१०:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend