आइतबार, असार १४ गते २०८३    
आइतबार, असार १४ २०८३

बागबजार र बबरमहलमा ‘बक्स कल्भर्ट’ निर्माण गरिँदै

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, माघ १७ २०८२
बागबजार र बबरमहलमा ‘बक्स कल्भर्ट’ निर्माण गरिँदै

बान र कटानको जोखिम घटाउन ती स्थानमा बक्स कल्भर्ट निर्माण गरिने भएको हो।

काठमाडाैं- काठमाडौं महानगरपालिकाले बागबजार र बबरमहलमा ‘बक्स कल्भर्ट’ निर्माण गर्ने भएको छ। डुबान र कटानको जोखिम घटाउन ती स्थानमा बक्स कल्भर्ट निर्माण गरिने भएको हो।

बागबजारनजिक टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण गरिने महानगरका सबइन्जिनियर दीपकबहादुर शाहीले  जानकारी दिए। त्यसका लागि ५७ लाख ७२ हजार ६ सय ९४ रुपैयाँमा आगामी चैत मसान्तभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ।

त्यसैगरी बबरमहल भएर बग्ने धोवीखोला किनारको रोजबड स्कुलनजिक पनि २ करोड २१ लाख २३ हजार ८ सय ९९ रुपैयाँको लागतमा बक्स कल्भर्ट निर्माण गरिने जानकारी उनले बताए। आगामी पुस मसान्तभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको छ। रासस


प्रकाशित : शनिबार, माघ १७ २०८२१५:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend