काठमाडौं- हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ। हाल तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु/कुहिरो रहने छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहने छ। कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बादल लाग्ने छ छ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।