आइतबार, असार १४ गते २०८३    
आइतबार, असार १४ २०८३

अन्तर्राष्ट्रिय लगानी सहजीकरणका लागि लगानी बोर्डद्वारा आर्थिक कुटनीति सम्पर्क व्यक्ति तोकियो

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ १६ २०८२
अन्तर्राष्ट्रिय लगानी सहजीकरणका लागि लगानी बोर्डद्वारा आर्थिक कुटनीति सम्पर्क व्यक्ति तोकियो

नेपालमा लगानीसम्बन्धी विषयमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने, सूचना आदानप्रदान गर्ने तथा लगानी प्रक्रियामा देखिएका समस्याको समाधानमा भूमिका निर्वाह गर्नेछन्।

काठमाडौं- नेपालमा अन्तर्राष्ट्रिय लगानीलाई थप सहजीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले लगानी बोर्ड नेपालले उपसचिव मनोज रेग्मीलाई आर्थिक कुटनीति सम्पर्क व्यक्ति (फोकल पर्सन) नियुक्त गरेको छ।

लगानी बोर्डका सहसचिव हेमराज तामाङका अनुसार आर्थिक कुटनीति सम्पर्क व्यक्तिले परराष्ट्र मन्त्रालय तथा विदेशस्थित नेपाली कुटनीतिक नियोगका प्रतिनिधिसँग समन्वय गर्दै नेपालमा लगानी भित्र्याउने कार्यमा सहजीकरण गर्नेछन्।

साथै नेपालमा लगानीसम्बन्धी विषयमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने, सूचना आदानप्रदान गर्ने तथा लगानी प्रक्रियामा देखिएका समस्याको समाधानमा भूमिका निर्वाह गर्नेछन्।

केही समयअघि लगानी बोर्डको सहकार्यमा परराष्ट्र मन्त्रालयले आयोजना गरेको बैठकमा विदेशस्थित नेपाली कुटनीतिक नियोगका प्रतिनिधिले लगानीसम्बन्धी विषयमा सम्पर्क व्यक्तिको व्यवस्था भए लगानीको प्रवर्द्धन र सहजीकरणमा थप प्रभावकारी भूमिका खेल्न सकिने धारणा व्यक्त गरेका थिए।

लगानी बोर्डले आर्थिक कुटनीति सम्पर्क व्यक्ति तोकिएको जानकारी परराष्ट्र मन्त्रालयलाई गराइसकेको छ।


प्रकाशित : शुक्रबार, माघ १६ २०८२१३:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend