शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नेप्से परिसूचक १७ अंकले घट्यो, १४ अर्ब ५६ करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ १५ २०८२
नेप्से परिसूचक १७ अंकले घट्यो, १४ अर्ब ५६ करोड रुपैयाँको कारोबार

आजको कारोबारमा ३ सय २० कम्पनीको ३ करोड ५४ लाख ७७ हजार ९ सय ३९ कित्ता सेयर खरिद–बिक्री हुँदा १४ अर्ब ५६ करोड ३१ लाख ३८ हजार ८ सय ६५ रुपैयाँ बराबरको कारोबार भएको छ।

काठमाडौं- साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक १७.५३ अंकले बढेर २७१४.५३ बिन्दुमा पुगेर बन्द भएको छ। 

आजको कारोबारमा ३ सय २० कम्पनीको ३ करोड ५४ लाख ७७ हजार ९ सय ३९ कित्ता सेयर खरिद-बिक्री हुँदा १४ अर्ब ५६ करोड ३१ लाख ३८ हजार ८ सय ६५ रुपैयाँ बराबरको कारोबार भएको छ।

आज सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ३३, सेन्सेटिभ फ्लोट इण्डेक्स शून्य दशमलव ६७ प्रतिशत, फ्लोट इण्डेक्स शून्य दशमलव ४७ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा  ङादी ग्रुप पावर लिमिटेड  कम्पनीको यस दिन ५९ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।त्यस्तै, एसवाई प्यानल नेपाल लिमिटेडको कारोबार रकम ५२ करोड २९ लाख रुपैयाँ नाघेको छ भने युनाइटेड मोदी हाइड्रोपावरको ४६ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। जलविद्युत उपसमूहको परिसूचक ०‍‍.३८ प्रतिशत बढेको छ भने लगानी समूह ०.०८ प्रतिशत र म्युचुएल फन्ड समूहको परिसूचक ०.३६ प्रतिशतले बढेको छ । विकास बैंक समूह सबैभन्दा धेरै २.२३ प्रतिशतले घटेको छ भने उत्पादन तथा प्रशोधन समूह २.१२ प्रतिशत, अन्य समूह १.१२ प्रतिशत, वित्त समूह १.७५ प्रतिशत र होटल तथा पर्यटन समूह १.२९ प्रतिशतले घटेको छ ।

गत साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने १ कारोबार दिन घटेको थियो। गत साता ७३.१८ अंक बढेर २७१४.६१ विन्दुमा पुगेको थियो।

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा गएको साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो।


प्रकाशित : बिहीबार , माघ १५ २०८२१५:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend