शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

हिमालयन बैंकको नाफा १ अर्ब २९ करोड रुपैयाँ, अन्य सूचक कस्तो?

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ १५ २०८२
हिमालयन बैंकको नाफा १ अर्ब २९ करोड रुपैयाँ, अन्य सूचक कस्तो?

बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा बैंकले १ अर्ब २९ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.९४ प्रतिशतले कम हो। अघिल्लो वर्ष बैंकले १ अर्ब ५२ करोड रुपैयाँ हाराहारीमा नाफा कमाएको थियो।

काठमाडौं- हिमालयन बैंक लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेकाे छ।

बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा बैंकले १ अर्ब २९ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.९४ प्रतिशतले कम हो। अघिल्लो वर्ष बैंकले १ अर्ब ५२ करोड रुपैयाँ हाराहारीमा नाफा कमाएको थियो।

त्यसैगरि बैंकको वितरणयोग्य मुनाफा ९ अर्ब ऋणात्मक रहेको छ। अघिल्लो वर्ष आर्थिक ४.९८ प्रतिशत रहेको खराब कर्जा बढेर ७.९६ प्रतिशत पुगेको छ।

कर्जा असुलीमा देखिएको समस्या र बढ्दो खराब कर्जाकै कारण बैंकको इम्पेरमेन्ट चार्ज बढेपछि नाफा प्रभावित भएको हो।

यसैको प्रत्यक्ष असर बैंकको लाभांश क्षमतामा परेको छ। पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ९ अर्ब ७ करोड ३० लाख रुपैयाँ ऋणात्मक देखिएको छ। 

बैंकको खुद ब्याज आम्दानी १०‍.१८ प्रतिशतले घटेर ४ अर्ब ७० करोड २३ लाख रुपैयाँमा सीमित भएको छ। गत वर्ष यस्तो आम्दानी ५ अर्ब २३ करोड ५६ लाख रुपैयाँ थियो। त्यस्तै, सञ्चालन मुनाफा पनि ३ अर्ब १२ करोड ३३ लाख रुपैयाँबाट घटेर १ अर्ब ८५ करोड ३७ लाख रुपैयाँमा झरेको छ।

त्यसैगरि बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४५ पैसा पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थस् १७४ रुपैयाँ २३ पैसा रहेकाे छ।

प्रकाशित : बिहीबार , माघ १५ २०८२१३:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend