शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

राष्ट्रिय वाणिज्य बैंकको नाफा १३२ प्रतिशतले बढ्यो, खुद ब्याज आम्दानी ६ अर्ब १० करोड रुपैयाँ

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ १५ २०८२
राष्ट्रिय वाणिज्य बैंकको नाफा १३२ प्रतिशतले बढ्यो, खुद ब्याज आम्दानी ६ अर्ब १० करोड रुपैयाँ

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्ममा राष्ट्रिय वाणिज्य बैंकको नाफामा १३२ प्रतिशतले वृद्धि भएको छ।बैकले सार्वजनिक वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा १३२.०४ प्रतिशतले नाफा बढेको हो।

काठमाडाैं-राष्ट्रिय वाणिज्य बैंक चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्ममा राष्ट्रिय वाणिज्य बैंकको नाफा बढेकाे छ।बैकले सार्वजनिक वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा १३२.०४ प्रतिशतले नाफा बढेको हो। 

चालु आर्थिक वर्षको ६ महिनासम्मको अवधिमा बैंकले १ अर्ब ७७ करोड ५ लाख रुपैयाँ कमाएको छ। गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा ७६ करोड ३० लाख ३३ हजार रुपैयाँमा सीमित भएको थियो।

दोस्रो त्रैमाससम्मको अवधिमा बैंकको खुद ब्याज आम्दानी समेत ३८.४९ प्रतिशतले बढेर ६ अर्ब १० करोड ३३ लाख रुपैयाँ पुगेको छ। 

गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा ४ अर्ब ४० करोड ६९ लाख रुपैयाँ रहेको थियो। गत आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा १ अर्ब ८ करोड रुपैयाँ रहेको बैंकको सञ्चालन नाफा चालु आर्थिक वर्षको सोहि अवधिसम्म आइपुग्दा बढेर २ अर्ब ५२ करोड ५१ लाख रुपैयाँ पुगेको छ।समिक्षा अवधिमा बैंकको चुक्तापुँजी १५ अर्ब ६३ करोड, जगेडा कोषमा १ अर्ब २४ करोड सञ्चिति रहेको छ। 


प्रकाशित : बिहीबार , माघ १५ २०८२१३:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend