शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नीतिगत सहुलियतपछि पनि घटेन वाणिज्य बैंकको खराब कर्जा, कुन बैंकको कति?

बिहीबार , माघ १५ २०८२
नीतिगत सहुलियतपछि पनि घटेन वाणिज्य बैंकको खराब कर्जा, कुन बैंकको कति?

चालु आर्थिक वर्ष २०८२-८३ को ६ महिनासम्म वाणिज्य बैंकहरूको खराब कर्जा औसतमा ४.७८ प्रतिशत पुगेको छ। गत आर्थीक वर्षको सोहि अवधिमा बैंकहरुको खराब कर्जा औसतमा ४.३२ प्रतिशत रहेको थियो।

काठमाडौं- वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (पुस मसान्तसम्म) सार्वजनिक गरेका अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकिङ क्षेत्रको खराब कर्जा बढेकाे छ।

वाणिज्य बैंकको खराब कर्जा औसतमा ५.०८ प्रतिशत पुगेको छ । हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस्तो देखाएको हो ।

गत आर्थिक वर्षको सोहि अवधिमा बैकको औसत खराब कर्जा ४.४९ प्रतिशत रहेको थियो ।

वाणिज्य बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.५१ प्रतिशतले वृद्धि भएको देखिए पनि खराब कर्जा भने बढेको छ।

समीक्षा अवधिमा २० वाणिज्य बैंकमध्ये यस अवधिमा ८ बैंकले खराब कर्जा घटाउन सफल भएका छन् भने बाँकी बैंकहरूको खराब कर्जा समान्य बढ‍ेकाे देखिएको छ। 

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ७ वटा वाणिज्य बैंकहरुको खराब कर्जा ५ प्रतिशतभन्दा माथि पुगेको छ। यो अवधिमा हिमालयन बैंक लिमिटेडको खराब कर्जा सबैभन्दा बढी देखिएको छ। बैंकको खराब कर्जा ७.९७ प्रतिशत पुगेको छ। अधिल्लो आर्थिक वर्षको साहि अवधिमा बैंकको खराब कर्जा ४.९८ प्रतिशत थियो।

commercial bank.PNG

त्यसैगरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जा पनि ७.९ प्रतिशत पुगेको छ। अधिल्लो आर्थिक वर्षको सोहि अवधिमा यो बैंकको खराब कर्जा ५.८६ प्रतिशत रहेको थियो।

दोस्रो त्रैमाससम्म प्रभु बैंकको खराब कर्जा पनि बढेको छ। यो ६ महिनाको अवधिमा बैंकको खराब कर्जा ७.९४ प्रतिशत पुगेको छ।

५ प्रतिशतभन्दा धेरै खराब कर्जा रहेको अर्को बैंक रहेको छ सिटिजन्स बैंक इन्टरनेशनल, यो बैंकको खराब कर्जा ६.८६ प्रतिशत पुगेको छ। त्यसैगरी प्राइम बैंकको खराब कर्जा ६.३८ प्रतिशत पुगेको छ। लक्ष्मी बैंकको खराब कर्जापनि ५.५ प्रतिशत पुगेको छ।


प्रकाशित : बिहीबार , माघ १५ २०८२१३:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend