शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार , माघ १५ २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४७ रुपैयाँ १६ पैसा तोकिएको छ।

काठमाडौं- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४७ रुपैयाँ १६ पैसा तोकिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७६ रुपैयाँ १४  पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ८९ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १९० रुपैयाँ ७२ पैसा र बिक्रीदर १९१ रुपैयाँ ५०  पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ५८ पैसा र बिक्रीदर १०३ रुपैयाँ ०० पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ १७ पैसा र बिक्रीदर ११६ रुपैयाँ ६५ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ६० पैसा र बिक्रीदर नौ रुपैयाँ ६४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ १० पैसा र बिक्रीदर २१ रुपैयाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३९ रुपैयाँ २४  पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ २१ पैसा र बिक्रीदर ४० रुपैयाँ ३८ पैसा कायम भएको छ।

राष्ट्र बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७१ पैसा र बिक्रीदर चार रुपैयाँ ७३  पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ९० पैसा र बिक्रीदर ४० रुपैयाँ ०७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४० पैसा र बिक्रीदर ३७ रुपैयाँ ५५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २४ पैसा र बिक्रीदर १० रुपैयाँ २९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ६० पैसा र बिक्रीदर १६ रुपैयाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४९ पैसा र बिक्रीदर २३ रुपैयाँ ५९  पैसा कायम गरिएको ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८ रुपैयाँ ८६ पैसा, कुवेती दिनार एकको खरिददर ४८० रुपैयाँ ९२ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ८९ पैसा, बहराइन दिनार एकको खरिददर ३८८ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३९० रुपैयाँ ३४  पैसा, ओमनी रियाल एकको खरिददर ३८० रुपैयाँ ७० पैसा र बिक्रीदर ३८२ रुपैयाँ २६ पैसा रहेको छ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा हेर्न सकिनेछ। रासस


प्रकाशित : बिहीबार , माघ १५ २०८२०७:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend