शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नेप्से परिसूचक ५ अंकले बढ्यो, ११ अर्ब ४९ करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ १४ २०८२
नेप्से परिसूचक ५ अंकले बढ्यो, ११ अर्ब ४९ करोड रुपैयाँको कारोबार

आजको कारोबारमा ३ सय ३४ कम्पनीको २ करोड ३६ लाख १८ हजार १ सय ८६ कित्ता सेयर खरिद–बिक्री हुँदा ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार १ सय ८५ रुपैयाँ बराबरको कारोबार भएको छ।

काठमाडौं- साताको चौथो कारोबार दिन आज नेप्से परिसूचक ५.३८ अंकले बढेर २७३१.८९ बिन्दुमा पुगेर बन्द भएको छ। 

आजको कारोबारमा ३ सय ३४ कम्पनीको २ करोड ३६ लाख १८ हजार १ सय ८६ कित्ता सेयर खरिद–बिक्री हुँदा ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार १ सय ८५ रुपैयाँ बराबरको कारोबार भएको छ।

आज सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ०४ प्रतिशतले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स शून्य दशमलव ०४ प्रतिशत, फ्लोट इण्डेक्स शून्य दशमलव ०१ प्रतिशतले बेढेको छ ।

आजको कारोबारमा, कर्पोरेट डेभलपमेन्ट बैंक र आँखु खोला जलविद्युत कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। मिथिला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य साढे ९ प्रतिशत बढेको छ भने पिपुल्स पावर र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। १२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ को मूल्य यस दिन सर्वाधिक ८.०७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनीको ८३ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। राधी विद्युत कम्पनीको कारोबार रकम ५४ करोड रुपैयाँ नाघेको छ भने एसवाई प्यानल नेपालको करिब ५० करोड रुपैयाँको सेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक १.२४ प्रतिशत बढेको छ। कारोबारमा आएको बैंकिङ, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन सामान्य घटेको हो।

गत साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने १ कारोबार दिन घटेको थियो। गत साता ७३.१८ अंक बढेर २७१४.६१ विन्दुमा पुगेको थियो।

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा गएको साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो।


प्रकाशित : बुधबार, माघ १४ २०८२१५:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend