शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

जीवन बीमा कम्पनीहरूको प्रथम बीमा शुल्क संकलन २१ अर्ब रुपैयाँभन्दा माथि, कुन कम्पनीको कति?

बुधबार, माघ १४ २०८२
जीवन बीमा कम्पनीहरूको प्रथम बीमा शुल्क संकलन २१ अर्ब रुपैयाँभन्दा माथि, कुन कम्पनीको कति?

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जीवन बीमक हरुले मंसिर महिनामा मात्र ४ अर्ब ६६ करोड ९२ लाख बरारबको प्रथम बीमाशुल्क सङ्कलन गरेका हुन्।

काठमाडौं- जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास पुस मसान्तसम्म २१ अर्ब ६४ करोड ७३ लाख रुपैयाँबराबरको प्रथम बीमा शुल्क संकलन गरेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार जीवन बीमकहरूले मंसिर महिनामा मात्र ४ अर्ब ६६ करोड ९२ लाख बराबरको प्रथम बीमा शुल्क संकलन गरेका हुन्।

जीवन बीमकले पुस मसान्तसम्म ३ लाख ६३ हजार ६ सय ९६ जारी बीमालेख संख्या रहेको छ भने कुल सक्रीय बीमालेख संख्या १ करोड १४ लाख ५२ हजार रहेको छ। त्यसैगरी कुल बीमा शुल्क (प्रथम बीमा शुल्क र नवीकरण बीमा शुल्क) ९४ अर्ब ३७ करोड ९४ लाख पुगेको छ।

अघिल्लो वर्ष २०८१/८२ को पुससम्म कम्पनीहरूले ८० अर्ब ६६ करोड ३८ लाख रुपैयाँ अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीहरूको व्यापार १७ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको पुससम्म नेपाल लाइफले ५ अर्ब ९९ करोड १७ लाख रुपैयाँ प्रथम बीमा शुल्क र १९ अर्ब ५२ करोड १३ लाख नवीकरण बीमा शुल्कसहित कुल २५ अर्ब ५१ करोड ३१ लाखबराबरको बीमा शुल्क संकलन गरेको छ। 

अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २२ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार १३.६० प्रतिशतले बढेको छ।

यसैगरी धेरै बीमा शुल्क संकलन गर्ने जीवन बीमा कम्पनीको दोस्रो नम्बरमा रहेको नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले पुससम्म ३ अर्ब १० करोड ९४ लाख बराबरको बीमा शुल्क संकलन गरेको छ। यो अवधिमा कम्पनीले ८ अर्ब २६ करोड ३६ लाख नवीकरण बीमा शुल्क संकलन गरेको छ। यो अवधिमा कम्पनीले ११ अर्ब ३७ करोड ३१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ।

अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ९ अर्ब ६० करोड ८० लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यापार १८.३७ प्रतिशतले बढेको छ।

त्यसैगरी लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) तेस्रो स्थानमा रहेको छ। अघिल्लो वर्ष पुससम्म कम्पनीले ९ अर्ब ४६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेकोमा समीक्षा अवधिसम्म १० अर्ब २२ करोड ५३ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीको व्यापार ८.०९ प्रतिशतले बढेको छ।

nepal beema pradhyikaran 222.PNG


यसैगरी हिमालयन लाइफले ८ अर्ब ६२ करोड २० लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ६ अर्ब ३३ करोड २७ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ५ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ, एसियन लाइफले ४ अर्ब ६४ करोड २ लाख रुपैयाँ र सिटिजन लाइफले ४ अर्ब ४ करोड ११ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन्।

अघिल्लो वर्षको तुलनामा हिमालयन लाइफको ३.४९ प्रतिशत, राष्ट्रिय जीवन बीमा कम्पनीको व्यापार १२८.२५ प्रतिशत, सूर्यज्योति लाइफले ११.८६ प्रतिशत, एसियन लाइफको १० प्रतिशत र सिटिजन लाइफको १९.४३ प्रतिशतले बढेको छ।

त्यस्तै चालु वर्षको पुससम्म सानिमा रिलायन्स लाइफले ३ अर्ब ६३ करोड ८२ लाख रुपैयाँ, मेटलाइफले ३ अर्ब २४ करोड २१ लाख रुपैयाँ, आइएमई लाइफले ३ अर्ब १८ करोड ९८ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले २ अर्ब ९८ करोड ४४ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २ अर्ब ७९ करोड ६८ लाख रुपैयाँ र सन नेपाल लाइफले २ अर्ब ११ करोड ३९ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा यी सबै कम्पनीको व्यापार बढेको छ।


प्रकाशित : बुधबार, माघ १४ २०८२१५:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend