आइतबार, असार १४ गते २०८३    
आइतबार, असार १४ २०८३

गभर्नर पौडेल र पिपुल्स बैंक अफ चाइनाका गभर्नर फानबीच भेटवार्ता

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ १४ २०८२
गभर्नर पौडेल र पिपुल्स बैंक अफ चाइनाका गभर्नर फानबीच भेटवार्ता

उनीहरूबीच नेपाल र चीनबीच सीमापार भुक्तानी, लगानी तथा सहयोग आदानप्रदानका क्षेत्रका अवसर र चुनौतीबारे छलफल भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा. विश्वनाथ पौडेल र पिपुल्स बैंक अफ चाइना (पीबीओसी) का गभर्नर फान कोडसङबीच भेटवार्ता भएको छ।

ब्यांक फर इन्टरनेशनल सेटलमेन्ट्सद्वारा चीनको थिआनचिनमा आयोजित '२०औँ एसिया प्यासिफिक हाइ लेभल मिटिङ अन बैंकिङ सुपरभिजन' कार्यक्रममा सहभागी हुने क्रममा उनीहरूबीच भेटवार्ता भएको हो।

भेटका अवसरमा उनीहरूबीच नेपाल र चीनबीच सीमापार भुक्तानी, लगानी तथा सहयोग आदानप्रदानका क्षेत्रका अवसर र चुनौतीबारे छलफल भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार वित्तीय क्षेत्रका उदीयमान अभ्यास, नवप्रवर्तन र प्रविधिको विकासबाट हुने लाभ, र समसामयिक विषयमा दुईपक्षीय सहयोग आदानप्रदानका विषयमा गभर्नरद्वयवीच छलफल भएको थियो।

यसका अतिरिक्त दुवै मुलुकका नागरिकको भ्रमणका क्रममा क्यूआर कोडमार्फत हुने भुक्तानीको सहजीकरण तथा लागत न्यूनीकरण गर्ने विषयमा समेत उनीहरुबीच छलफल भएको थियो सो अवसरमा पीबीओसीका गभर्नर फानले विद्युतीय भुक्तानी कारोबारको आधुनिकीकरण, सहयोग आदानप्रदान र सहकार्यका लागि चिनियाँ केन्द्रीय बैंक तयार रहेको धारणा राखे।

चीन भ्रमणका क्रममा गभर्नर पौडेलले दुई केन्द्रीय बैंकबीच सहकार्य, समन्वय र सञ्चारको निरन्तरता आवश्यक रहेको र यसका लागि आवश्यक भूमिका निर्वाह गर्न नेपाल राष्ट्र बैंक तत्पर रहेको विचार व्यक्त गरे।

भेटका अवसरमा पिपुल्स बैंक अफ चाइना (पीवीओसी) का अन्तर्राष्ट्रिय विभागकी महानिर्देशक चउ यु तथा राष्ट्र बैंकका तर्फबाट बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावल र गभर्नरको कार्यालयका सहायक निर्देशक रोशन न्यौपानेको समेत सहभागिता थियो।


प्रकाशित : बुधबार, माघ १४ २०८२१३:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend