काठमाडौं- नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एउटा फर्मलाई ५१ हजार रुपैयाँ जरिवाना गरेको छ।
अनुमगनका क्रममा कैफियत फेला परेपछि नागार्जुन नगरपालिका-४ सीतापाइलामा रहेको स्टोर अन द डोर प्रालिलाई ५१ हजार रुपैयाँ जरिवाना गरेको छ।
विभागले काठमाडौं, भक्तपुर, कीर्तिपुर, नागार्जुन, मध्यपुर ठिमीलगायतका स्थानका १२ वटा फर्ममा अनुमगन गरेको थियो। अनुमनका क्रममा ११ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको छ। रासस