शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सिटिजन्स बैंकको नाफा ३५ करोड ८८ लाख रुपैयाँ, अन्य सूचक कस्ता?

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ १४ २०८२
सिटिजन्स बैंकको नाफा ३५ करोड ८८ लाख रुपैयाँ, अन्य सूचक कस्ता?

विवरण अनुसार बैंकको खुद नाफामा गिरावट देखिएको छ। बैंकले पुस मसान्तसम्म ३५ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.७८ प्रतिशतले कम हो। गत वर्षको यसै अवधिमा बैंकले ६६ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो।

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार बैंकको खुद नाफामा गिरावट देखिएको छ। बैंकले पुस मसान्तसम्म ३५ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.७८ प्रतिशतले कम हो। गत वर्षको यसै अवधिमा बैंकले ६६ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी २‍.२८ प्रतिशतले बढे तापनि खराब कर्जाको अनुपात बढ्दा नाफामा नकारात्मक असर परेको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा ४.८५ प्रतिशतबाट उकालो लागेर ६.८६ प्रतिशत पुगेको छ। कर्जाको गुणस्तरमा आएको ह्राससँगै इम्पेरमेन्ट चार्ज १ अर्ब ३८ करोडबाट बढेर १ अर्ब ८३ करोड रुपैयाँ पुगेपछि सञ्चालन मुनाफा ४४.६८ प्रतिशतले घट्न पुगेको हो।

नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि ४ रुपैयाँ ३३ पैसाले घटेर ४ रुपैयाँ ६३ पैसामा झरेको छ। वितरणयोग्य मुनाफा १ अर्ब १० करोड रुपैयाँ ऋणात्मक रहेको छ। यसले गर्दा वितरणयोग्य प्रतिसेयर आम्दानी पनि १४ रुपैयाँ १९ पैसा ऋणात्मक देखिएको छ। हाल बैंकको मूल्य आम्दानी अनुपात ४१.६८ गुणा र प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ७९ पैसा कायम भएको छ।

प्रकाशित : बुधबार, माघ १४ २०८२११:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend