आइतबार, असार १४ गते २०८३    
आइतबार, असार १४ २०८३

हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ १४ २०८२
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

लोकमार्ग अलपत्र हुँदा लामो तथा छोटो दूरीका सावारी साधान ठप्प भएको इलाका प्रहरी कार्यालयका प्रमुख तिलक मानन्धरले जानकारी दिए।

बागलुङ- मंगलबार रातिदेखिको वर्षासँगै भएको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ।

बागलुङ र पूर्वी रुकुमको सिमाना पाती हाल्ने क्षेत्रमा भारी हिमपात हुँदा बाटोअवरुद्ध भएको हो। लोकमार्ग अवरुद्ध हुँदा सयौँ यात्री अलपत्र परेका छन्।

लोकमार्ग अलपत्र हुँदा लामो तथा छोटो दूरीका सावारी साधान ठप्प भएको इलाका प्रहरी कार्यालयका प्रमुख तिलक मानन्धरले जानकारी दिए। निरन्तर हिमपात भइरहेकाले तत्काल सडक सञ्चालन हुने सम्भावना न्यून छ।

काठमाडौंबाट रुकुम, जाजरकोट, डोल्पालगायत स्थानका निम्ति छुटेका सवारीसाधन निसीखोला गाउँपालिका-६ भल्कोट सिपमा रोकिएका प्रहरी निरीक्षक मानन्धरले जानकारी दिए। रासस


प्रकाशित : बुधबार, माघ १४ २०८२११:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend