शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

प्रभु बैंकको नाफा घट्याे, वितरणयोग्य मुनाफा ३ अर्ब ३५ करोड रुपैयाँ

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ १४ २०८२
प्रभु बैंकको नाफा घट्याे, वितरणयोग्य मुनाफा ३ अर्ब ३५ करोड रुपैयाँ

समीक्षा अवधिमा बैंकले १ अर्ब १ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष बैंकले १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो।यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.०८ प्रतिशतले कम हो।

काठमाडौं- प्रभु बैंक लिमिटेडले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफामा गिरावट देखिएको छ।

समीक्षा अवधिमा बैंकले १ अर्ब १ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष बैंकले १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो।यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.०८ प्रतिशतले कम हो। 

बैंकको खुद ब्याज आम्दानी २.३८ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ४.५९ प्रतिशतले बढे पनि खराब कर्जाको अनुपात उच्च हुँदा नाफा प्रभावित भएको छ। 

समीक्षा अवधिमा बैंकको खराब कर्जा ५.०६ प्रतिशतबाट बढेर ७.९४ प्रतिशत पुगेको छ। यसका कारण इम्पेरमेन्ट चार्ज ८१ करोड ४२ लाख रुपैयाँबाट वृद्धि भई १ अर्ब ४५ करोड रुपैयाँ पुगेपछि सञ्चालन मुनाफा २२.०५ प्रतिशतले घट्न पुगेको हो।

नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि २ रुपैयाँ ७३ पैसाले घटेर ८ रुपैयाँ ६२ पैसामा खुम्चिएको छ। पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३५ करोड ६४ लाख रुपैयाँ ऋणात्मक रहेको छ। जसले गर्दा वितरणयोग्य प्रतिसेयर आम्दानी पनि २८ रुपैयाँ ५१ पैसा ऋणात्मक देखिएको छ। हाल बैंकको प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ १७ पैसा र मूल्य आम्दानी अनुपात २१.२७ गुणा कायम भएको छ।

प्रकाशित : बुधबार, माघ १४ २०८२११:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend