शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा गिरावट, खुद ब्याज आम्दानी १२ प्रतिशतले घट्याे

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ १४ २०८२
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा गिरावट,  खुद ब्याज आम्दानी १२ प्रतिशतले घट्याे

विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ६१ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.०५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ६१ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.०५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको कुल सञ्चालन आम्दानी ४.७४ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब ७७ करोड २५ लाख रुपैयाँबाट बढेर ३ अर्ब ९ करोड ४६ लाख रुपैयाँ पुगेको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा ४०.५९ प्रतिशत घटेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १२.८३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ८.६६ प्रतिशत बढेको छ। 

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ७ रुपैयाँ १५ पैसाले घटेर ९ रुपैयाँ ४५ पैसामा झरेको छ।

पुस मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ ७७ पैसा रहेको छ भने मूल्य आम्दानीअनुपात २०.२० गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ६२ करोड १० लाख रुपैयाँ ऋणात्मक रहेको छ।

प्रकाशित : बुधबार, माघ १४ २०८२१०:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend