शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

एभरेष्ट बैंकको नाफा बढ्यो, अन्य सूचक कस्ता?

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ १४ २०८२
एभरेष्ट बैंकको नाफा बढ्यो, अन्य सूचक कस्ता?

विवरण अनुसार बैंकले पुस मसान्तसम्म २ अर्ब ११ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गतआर्थिक वर्षको सोही अवधिमा बैंकको यस्तो नाफा २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ रहेको थियो।

काठमाडाै‌ं- एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

विवरण अनुसार बैंकको खुद नाफामा गत वर्षको तुलनामा २.०४ प्रतिशतले बढेको छ।

विवरण अनुसार बैंकले पुस मसान्तसम्म २ अर्ब ११ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गतआर्थिक वर्षको सोही अवधिमा बैंकको यस्तो नाफा २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ रहेको थियो।

बैंकको नाफा बढ्नुमा खुद ब्याज आम्दानी र कमिशन आम्दानीको सकारात्मक योगदान देखिएको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.९६ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २०.३८ प्रतिशतले बढेको छ। यसैगरी कुल सञ्चालन आम्दानीमा ९.७३ प्रतिशतको सुधार आएको छ। .बैंकको इम्पेरमेन्ट चार्ज ३४ करोड ९५ लाखबाट बढेर ५६ करोड २७ लाख रुपैयाँ पुगेका कारण सञ्चालन मुनाफा भने २.०६ प्रतिशतले मात्र बढेकाे छ।

नाफा बढेको देखिए तापनि बैंकको प्रतिसेयर आम्दानी भने १ रुपैयाँ २० पैसाले घटेर ३० रुपैयाँ ८६ पैसामा खुम्चिएको छ।पुस मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ १५ पैसा र मूल्य आम्दानी अनुपात २१.३९ गुणा कायम भएको छ। सेयरधनीका लागि सुखद पक्ष, बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३४ करोड २८ लाख रुपैयाँ रहेको छ।जसले प्रतिसेयर वितरणयोग्य आम्दानीलाई ४८ रुपैयाँ ७२ पैसामा कायम भएको छ।


प्रकाशित : बुधबार, माघ १४ २०८२१०:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend