शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नेपाल बैंकको वित्तीय अवस्था सुदृढ, नाफा १८३ प्रतिशतले बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ १४ २०८२
नेपाल बैंकको वित्तीय अवस्था सुदृढ, नाफा १८३ प्रतिशतले बढ्यो

विवरण अनुसार बैंकले यस अवधिसम्म १ अर्ब ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८३.०४ प्रतिशतको वृद्धि हो। गत वर्षको यसै अवधिमा बैंकको नाफा ४६ करोड १० लाख रुपैयाँमा सीमित थियो।

काठमाडौं- नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

विवरण अनुसार बैंकले यस अवधिसम्म १ अर्ब ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८३.०४ प्रतिशतको वृद्धि हो। गत वर्षको यसै अवधिमा बैंकको नाफा ४६ करोड १० लाख रुपैयाँमा सीमित थियो।

बैंकको खुद ब्याज आम्दानी ३.९७ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १७.१६ प्रतिशतले घटेको भए तापनि इम्पेरमेन्ट चार्जमा आएको कटौतीले नाफा बढाउन मुख्य भूमिका खेलेको छ।

गत वर्ष २ अर्ब ५२ करोड ७४ लाख रुपैयाँ रहेको यस्तो चार्ज अहिले ४७ करोड ९९ लाख रुपैयाँमा झरेको छ। यसैका कारण बैंकको सञ्चालन मुनाफामा ३९४.६४ प्रतिशतको बढोत्तरी देखिएको छ।

नाफामा आएको सुधारसँगै बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४९ पैसाले बढेर १७ रुपैयाँ ७६ पैसा कायम भएको छ। पुस मसान्तसम्म बैंकको प्रतिुेयर नेटवर्थ २६२ रुपैयाँ ४३ पैसा र मूल्य आम्दानी अनुपात १३.५७ गुणा रहेको छ। 

बैंकको वितरणयोग्य मुनाफा भने ९१ करोड ४९ लाख रुपैयाँ ऋणात्मक रहेको देखिन्छ, जसले प्रतिसेयर वितरणयोग्य आम्दानीलाई पनि १२ रुपैयाँ ४५ पैसा ऋणात्मक बनाएको छ।

प्रकाशित : बुधबार, माघ १४ २०८२१०:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend