काठमाडौं- भारतमा एक निजी विमान दुर्घटना हुँदा महाराष्ट्र राज्यका उपमुख्यमन्त्री अजित पवारको निधन भएको छ। आज बिहानै महाराष्ट्रको बारहमती भन्ने ठाउँमा उनीसहित पाँच जना सवार जहाज दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
महाराष्ट्रका उपमुख्यमन्त्री तथा राष्ट्रवादी कांग्रेस पार्टीका नेता अजित पवार सवार एक निजी विमान दुर्घटनाग्रस्त भएको हो। प्रारम्भिक रिपोर्टअनुसार आज बिहान बारामती नजिकै उक्त विमान अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार उक्त निजी विमानमा कुल ५ जना सवार थिए।
अजित पवारलाई लिएर आएको विमान बारामती एयरपोर्ट नजिक ल्यान्डिङको प्रयास गरिरहेका बेला दुर्घटनामा परेको हो। दुर्घटनाको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन।