आइतबार, असार १४ गते २०८३    
आइतबार, असार १४ २०८३

टेरामोक्स भ्रष्टाचार मुद्दा : जडान भएका उपकरणको प्राविधिक परीक्षणको प्रतिवेदन पेस गर्न आदेश

मंगलबार, माघ १३ २०८२
टेरामोक्स भ्रष्टाचार मुद्दा : जडान भएका उपकरणको प्राविधिक परीक्षणको प्रतिवेदन पेस गर्न आदेश

अख्तियार र आपूर्तिकर्ता कम्पनीको प्रतिनिधिको रोहबरमा उक्त परीक्षण गरी त्यसको प्रतिवेदन पेस गर्न आदेश दिइएको छ।

काठमाडौं- टेरामोक्स खरिद प्रक्रणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले प्राविधिक परीक्षणको प्रतिवेदन पेस गर्न आदेश दिएको छ। 

न्यायाधीशहरू नारायणप्रसदा पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले मुद्दामा दाबी गरिएको भुक्तानी भएको भनिएको रकम र आपूर्तिकर्ताले जडान गरेको भनेका उपकरणको वास्तविक अवस्थाको जानकारी नभएको भन्दै परीक्षणपछि प्रतिवेदन पेस गर्न आदेश दिएको हो। 

१ अर्ब ११ करोड ६२ लाख रुपैयाँ भुक्तानी भएको आरोपपत्रमा दाबी गरिएको छ। त्यसबापतको उपकरण आपूर्ति भइसकेको कम्पनीले दाबी गरेको थियो। सो दाबीको परीक्षण गर्नका लागि नेपाल दूरसञ्चार प्राधिकरणको विषयविज्ञ वरिष्ठ इन्जिनियरको संयोजकत्वमा पुल्चोक इन्जनियरिङ क्याम्पसको विज्ञ प्राध्यापक, सीआईबीको विज्ञ सदस्यसहितको समूह गठन गरिएको छ। 

अख्तियार र आपूर्तिकर्ता कम्पनीको प्रतिनिधिको रोहबरमा उक्त परीक्षण गरी त्यसको प्रतिवेदन पेस गर्न आदेश दिइएको छ। 

त्यस्तै अदालतले सार्वजनिक लेखा समितिले खरिद प्रक्रिया रोक्न भनी दिएको निर्देशनको सक्कल फाइल मगाएर पेस गर्न पनि आदेश दिएको छ।


प्रकाशित : मंगलबार, माघ १३ २०८२१७:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend