शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नेप्से परिसूचक ४२ अंकले घट्यो, १४ अर्ब १६ करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ १३ २०८२
नेप्से परिसूचक ४२ अंकले घट्यो, १४ अर्ब १६ करोड रुपैयाँको कारोबार

आजको कारोबारमा ३ सय ३३ कम्पनीको ३ करोड २ लाख ६२ हजार ७ सय १० कित्ता सेयर खरिद–बिक्री हुँदा १४ अर्ब १६ करोड ७१ लाख ७९ हजार ४ सय ४२ रुपैयाँ बराबरको कारोबार भएको छ।

काठमाडौं- साताको तेस्रो कारोबार दिन आज नेप्से परिसूचक ४२.५८ अंकले घटेर २७२६.५८ बिन्दुमा पुगेर बन्द भएको छ। 

आजको कारोबारमा ३ सय ३३ कम्पनीको ३ करोड २ लाख ६२ हजार ७ सय १० कित्ता सेयर खरिद-बिक्री हुँदा १४ अर्ब १६ करोड ७१ लाख ७९ हजार ४ सय ४२ रुपैयाँ बराबरको कारोबार भएको छ।

आज सेन्सेटिभ इण्डेक्स १ दशमलव ५६ प्रतिशत, सेन्सेटिभ फ्लोट इण्डेक्स १ दशमलव ६२ प्रतिशत, फ्लोट इण्डेक्स १ दशमलव ६३ प्रतिशतले घटेको छ।

आजको कारोबारमा सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.५६ प्रतिशतले बढेको छ भने ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको सेयर ६.९३ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा राधी विद्युत कम्पनीको ५७ करोड ८५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। एसवाई प्यानल नेपालको साढे ५७ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने आँखु खोला जलविद्युत कम्पनीको कारोबार रकम ५१ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक स्थिर रहेको छ। वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.४४ प्रतिशत घटेको छ। 

गत साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने १ कारोबार दिन घटेको थियो। गत साता ७३.१८ अंक बढेर २७१४.६१ विन्दुमा पुगेको थियो।

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा गएको साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो।


प्रकाशित : मंगलबार, माघ १३ २०८२१५:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend