शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

मितेरी डेभलपमेन्ट बैंकको नाफा १२० प्रतिशतले बढ्याे, कस्ता छन् अन्य वित्तीय सूचक?

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ १३ २०८२
मितेरी डेभलपमेन्ट बैंकको नाफा १२० प्रतिशतले बढ्याे, कस्ता छन् अन्य वित्तीय सूचक?

बैंकले पुस मसान्तसम्ममा ५ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको २ करोड ५८ लाख रुपैयाँको तुलनामा १२०.२६ प्रतिशतले बढी हो।

काठमाडाैं- मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

बैंकले पुस मसान्तसम्ममा ५ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको २ करोड ५८ लाख रुपैयाँको तुलनामा १२०.२६ प्रतिशतले बढी हो। 

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा आएको सुधारले गर्दा समग्र नाफामा सकारात्मक प्रभाव परेको देखिन्छ।

बैंकको व्यावसायिक वृद्धितर्फ हेर्दा खुद ब्याज आम्दानी ६८.४३ प्रतिशतले वृद्धि भएको छ भने खुद फी तथा कमिशन आम्दानीमा १९९.१२ प्रतिशतको उच्च बढोत्तरी देखिएको छ। यसैगरी बैंकको सञ्चालक आम्दानी ७५.८५ प्रतिशत र सञ्चालन मुनाफा १२०.२६ प्रतिशतले बढेको छ। हाल बैंकको वितरणयोग्य मुनाफा ६ करोड ७९ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ११ रुपैयाँ १६ पैसा कायम भएको छ।

वित्तीय सूचकहरूमा आएको सुधारसँगै बैंकको प्रतिसेयर आम्दानी पनि ५ रुपैयाँ १२ पैसाले बढेर ९ रुपैयाँ ३७ पैसा पुगेको छ। 

पुस मसान्तसम्मको विवरण अनुसार बैंकको मूल्य आम्दानी अनुपात ६४.१० गुणा र प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ९८ पैसा रहेको छ। १ अर्ब २१ करोड रुपैयाँ चुक्ता पुँजी भएको यस बैंकको जगेडा कोषमा ४३ करोड ७९ लाख रुपैयाँ सञ्चित छ। 

बैंकले समीक्षा अवधिसम्ममा ८ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ५६ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ।


प्रकाशित : मंगलबार, माघ १३ २०८२१३:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend