आइतबार, असार १४ गते २०८३    
आइतबार, असार १४ २०८३

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ १३ २०८२
पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

वीरगंज नाका हुँदै गत आवको ६ महिनाको तुलनामा चालु आवमा सोही अवधिमा दुई अर्ब ७५ करोड रुपैयाँ बढी मूल्यको पेट्रोलियम पदार्थ आयात भएको हो।

वीरगंज- वीरगंज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ९० अर्ब छ करोड रुपैयाँ मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। 

वीरगंज नाका हुँदै गत आवको ६ महिनाको तुलनामा चालु आवमा सोही अवधिमा दुई अर्ब ७५ करोड रुपैयाँ बढी मूल्यको पेट्रोलियम पदार्थ आयात भएको हो। 

चालु आवको छ महिनामा पेट्रोलियम पदार्थको आयातबाट भने ३७ अर्ब ८५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ। वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा पेट्रोलिम पदार्थको आयात र यसबाट प्राप्त हुने राजस्वमा पनि उल्लेखनीय वृद्धि भएको छ। जबकि गत आवको छ महिनामा भने ८७ अर्ब ३१ करोड रुपैयाँ मूल्यको पेट्रोलियम पदार्थ आयात हुँदा ३६ अर्ब १४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो।

भन्सार कार्यालयका अनुसार चालु आवको छ महिनामा ४५ अर्ब ३८ करोड रुपैयाँ मूल्य पर्ने डिजेल आयात हुँदा १९ अर्ब ८५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ। त्यसैगरी सोही अवधिमा २० अर्ब ९८ करोड रुपैयाँ मूल्यको पेट्रोल आयात हुँदा १३ अर्ब ८२ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ। त्यस्तै १४ अर्ब ७९ करोड रुपैयाँको एलपीजी ग्यास आयात हुँदा दुई अर्ब ७७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ।रासस


प्रकाशित : मंगलबार, माघ १३ २०८२१०:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend