शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको साढे ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ १३ २०८२
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको साढे ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

बैंकले तत्कालका लागि सेयर संस्थापक सेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी प्रस्ताव आह्वान गरेको हो।

काठमाडाैं- नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना ९ जना संस्थापक सेयरधनीहरूको नाममा रहेको कुल ३ लाख ४८ हजार ८५३ कित्ता संस्थापक सेयर बिक्री प्रस्ताव आह्वान गरेको छ। 

बैंकले तत्कालका लागि सेयर संस्थापक सेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी प्रस्ताव आह्वान गरेको हो।

सेयर खरिद गर्न इच्छुक बैंकका वर्तमान संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई काठमाडौंको कमलादीस्थित बैंकको सेयर रजिष्ट्रार कार्यालयमा निवेदन दिनुपर्नेछ।

तोकिएको ३५ दिने समयसीमाभित्र मौजुदा संस्थापकहरूबाट कुनै आवेदन नपरेको खण्डमा मात्र प्रचलित नियमअनुसार अन्य व्यक्ति वा सर्वसाधारण संस्थाका लागि सेयर बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएकाे छ।


प्रकाशित : मंगलबार, माघ १३ २०८२१०:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend