शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सपोर्ट लघुवित्तकाे खुद नाफा १०४ प्रतिशतले बढ्याे, अन्य सूचक कस्ता?

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ १३ २०८२
सपोर्ट लघुवित्तकाे खुद नाफा १०४ प्रतिशतले बढ्याे, अन्य सूचक कस्ता?

विवरण अनुसार संस्थाको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०४.८३ प्रतिशतले वृद्धि भई ३ करोड १७ लाख रुपैयाँ पुगेको छ। गत वर्षको यसै अवधिमा लघुवित्तले १ करोड ५५ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो।

काठमाडाै‌ं- सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकाे छ।
विवरण अनुसार संस्थाको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०४.८३ प्रतिशतले वृद्धि भई ३ करोड १७ लाख रुपैयाँ पुगेको छ। गत वर्षको यसै अवधिमा लघुवित्तले १ करोड ५५ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो।

 खुद ब्याज आम्दानीमा भएको ७३.२० प्रतिशतको बढोत्तरी र सञ्चालन मुनाफामा आएको ७३.८३ प्रतिशतको सुधारले नाफा बढाउन मुख्य भूमिका खेलेको देखिन्छ। समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ६०.२१ प्रतिशत र अन्य सञ्चालन मुनाफा ११.९० प्रतिशतले बढेको छ। हाल संस्थाको इम्पेरमेन्ट चार्ज १६ लाख ६५ हजार रुपैयाँ रहेको छ भने वितरणयोग्य मुनाफा ४ करोड ४० लाख रुपैयाँ पुगेको छ।

नाफामा भएको बढोत्तरीसँगै संस्थाको प्रतिसेयर आम्दानीमा पनि  सुधार आएको छ। गत वर्षको तुलनामा २६ रुपैयाँ ५५ पैसाले वृद्धि भई प्रतिसेयर आम्दानी ५१ रुपैयाँ ८७ पैसा कायम भएको छ। १२ करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १० करोड ८९ लाख रुपैयाँ सञ्चित छ भने प्रतिसेयर नेटवर्थ १८९ रुपैयाँ १ पैसा र मूल्य आम्दानी अनुपात ३४.३७ गुणा रहेको छ।

प्रकाशित : मंगलबार, माघ १३ २०८२१०:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend