शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सिन्धु विकास बैंक नोक्सानीमा, प्रतिसेयर आम्दानी पनि ऋणात्मक

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ १३ २०८२
सिन्धु विकास बैंक नोक्सानीमा, प्रतिसेयर आम्दानी पनि ऋणात्मक

काठमाडाैं-सिन्धु विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

काठमाडाैं-सिन्धु विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार बैंकको वित्तीय अवस्था ओरालो लागेको देखिएको छ। गत आर्थिक वर्षको पहिलो ६ महिनामा ४ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा १ करोड ५४ लाख रुपैयाँ नोक्सानी व्यहोर्नुपरेको छ। बैंकको खुद ब्याज आम्दानी सामान्य बढेर ५ करोड ८८ लाख रुपैयाँ पुगेको भए तापनि इम्पेरमेन्ट चार्जको व्यवस्थापनमा देखिएको फेरबदलका कारण समग्र नाफा प्रभावित भएको हो।

गत वर्ष ८ करोड ६२ लाख रुपैयाँ बराबरको इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण नाफामा सुधार देखिएकोमा यस वर्ष भने १७ लाख ८८ हजार रुपैयाँ इम्पेरमेन्ट चार्ज थपिएपछि बैंक नोक्सानीको मारमा परेको छ। समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी ८६ लाख रुपैयाँ र कुल सञ्चालन आम्दानी ६ करोड ९९ लाख रुपैयाँ पुगेको छ। वित्तीय विवरण अनुसार बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५० पैसा ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ ९४ रुपैयाँ १९ पैसा कायम भएको छ।

बैंकको आन्तरिक कोषको अवस्था पनि चुनौतीपूर्ण देखिएको छ। ५५ करोड ७४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोष ३ करोड २३ लाख रुपैयाँ र वितरणयोग्य मुनाफा २२ करोड ८५ लाख रुपैयाँ ऋणात्मक रहेको छ। पुस मसान्तसम्ममा ५ अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३ अर्ब २५ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ।


प्रकाशित : मंगलबार, माघ १३ २०८२१०:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend