आइतबार, असार १४ गते २०८३    
आइतबार, असार १४ २०८३

प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ १२ २०८२
प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा आज समानुपातिकतर्फको २  करोड ८ लाख ५० हजार प्रति मतपत्र छपाइ कार्य सम्पन्न भएको केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिए।

भक्तपुर- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको छ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा आज समानुपातिकतर्फको २  करोड ८ लाख ५० हजार प्रति मतपत्र छपाइ कार्य सम्पन्न भएको केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिए। 

केन्द्रले आजैबाट प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्य सुरु गर्ने उनले जानकारी दिए। केन्द्रले यसअघि १० लाख ९८ हजार २ सय नमुना मतपत्र छपाइ गरेर निर्वाचन आयोगलाई पठाइसकेको जनाएको छ। रासस

प्रकाशित : सोमबार, माघ १२ २०८२१७:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend