शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

निर्वाचन खर्चका लागि उम्मेदवारको छुट्टै खाता खोल्न राष्ट्र बैंकको अनुमति

सोमबार, माघ १२ २०८२
निर्वाचन खर्चका लागि उम्मेदवारको छुट्टै खाता खोल्न राष्ट्र बैंकको अनुमति

काठमाडौं- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारका लागि छुट्टै बैंक खाता खोल्ने व्यवस्था भएको छ।

निर्वाचन आयोगले गत शुक्रबार नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेपछि केन्द्रीय बैंकले सोमबार यससम्बन्धी सर्कुलर जारी गरेको हो।

राष्ट्र बैंकको सर्कुलरपछि बैंक तथा वित्तीय संस्थाहरूलाई प्रत्येक राजनीतिक दल, ती दलबाट प्रतिनिधित्व गर्ने उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारको नाममा छुट्टै खाता खोल्ने बाटो खुलेको छ।

प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयको सिफारिसका आधारमा आम निर्वाचन अभियानसँग सम्बन्धित नेपाली मुद्राको आम्दानी–खर्च कारोबार गर्न सक्ने गरी यस्तो खाता खोल्न निर्देशन दिइएको छ।

सर्कुलरअनुसार उम्मेदवारले यसअघि खाता रहेको बैंकमै समेत अर्को नयाँ खाता खोल्न पाउने व्यवस्था गरिएको छ। निर्वाचनसम्बन्धी सबै आर्थिक कारोबार यही खातामार्फत गर्नुपर्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।

निर्वाचन आयोगबाट खाता बन्द गर्ने निर्णय नआएसम्म यस्तो खाता सञ्चालनमा रहनेछ। यस व्यवस्थाले निर्वाचन खर्चको पारदर्शिता र निगरानी सुदृढ हुने अपेक्षा गरिएको छ।


प्रकाशित : सोमबार, माघ १२ २०८२१७:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend