शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ १२ २०८२
सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा आज आईपीओ बाँडफाँट भएको हो।

काठमाडौं- सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। 

सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा आज आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले गत पुस २९ गतेदेखि माघ ४ गतेसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री गरेको थियो। कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रिया मार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। 

सेयर खरिदका लागि २४ लाख ७१ हजार ७ जनाले २ करोड ९० लाख २७ हजार ४३० कित्ताको लागि आवेदन परेको थियो। ८ लाख २० हजार जनाले १० कित्ताका दरले  कम्पनीको सेयर प्राप्त गरेका छन्।


प्रकाशित : सोमबार, माघ १२ २०८२१६:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend