शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

चितवनका किसानले बिक्री गरे ९ करोड रुपैयाँभन्दा बढीको सुन्तला

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ १२ २०८२
चितवनका किसानले बिक्री गरे ९ करोड रुपैयाँभन्दा बढीको सुन्तला

कार्यालयका अर्थविज्ञ निर्मलकुमार पौडेलका अनुसार यस वर्ष जिल्लामा १ हजार २  दशमलव ८ मेट्रिकटन सुन्तला उत्पादन भएको छ। गत वर्ष जिल्लामा १ हजार १ सय २० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो।

चितवन- जिल्लामा सुन्तलाखेती गर्दै आएका किसानले ९ करोड १० लाख रुपैयाँबराबरको सुन्तला बिक्री गरेका छन्। कृषि विकास कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका-२९ का किसानले सो रकमबराबरको सुन्तला बिक्री गरेका हुन्।

कार्यालयका अर्थविज्ञ निर्मलकुमार पौडेलका अनुसार यस वर्ष जिल्लामा १ हजार २  दशमलव ८ मेट्रिकटन सुन्तला उत्पादन भएको छ। गत वर्ष जिल्लामा १ हजार १ सय २० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो।

यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ। जिल्लामा ९२ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको छ। जहाँ आर्थिक वर्ष २०८०/८१ मा एक हजार ३६ मेट्रिकटन सुन्तला उत्पादन भएको कार्यालयको तथ्यांकमा उल्लेख छ।

पुराना बिरुवाको वृद्धावस्था, सुन्तला बगैँचा व्यवस्थापनमा कम चासो हुँदा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको पौडेलले जानकारी दिए। उनका अनुसार बेमौसमी वर्षा वा खडेरी, रोग-कीराको समस्या, उचित मलजलको कमीका कारण सुन्तला उत्पादनमा कमी आएको हो। सुन्तालको बोटमा फल लाग्न नदिने सिट्रस ग्रिनिङ रोगको समस्या, सिजनमा मल र बोटका हेरचाहमा ढिलाइ र बजारमा मूल्यमा अस्थिरता हुँदा किसानमा चुनौती थपिएको उनले बताए।

सुन्तला उत्पादनका दृष्टिले प्रचुर सम्भावना भएको इच्छाकामना गाउँपालिकामा वैज्ञानिक प्रविधि र प्राविधिकको सहयोगबाट उत्पादन वृद्धि गर्नतर्फ लाग्न जरुरी रहेको उनले बताए। यहाँको सुन्ताल नारायणगढ, मुग्लिन, फिस्लिङ, काठमाडौँ, पोखरालगायत सहरहरूमा बिक्री हुँदै आएको छ। रासस


प्रकाशित : सोमबार, माघ १२ २०८२१३:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend