शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

फर्स्ट माइक्रोफाइनान्सको नाफा ३४.६४ प्रतिशतले बढ्याे, प्रतिसेयर आम्दानी कति ?

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ १२ २०८२
फर्स्ट माइक्रोफाइनान्सको  नाफा  ३४.६४ प्रतिशतले बढ्याे, प्रतिसेयर आम्दानी कति ?

इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण लघुवित्तको खुद नाफा बढेको हो।

काठमाडौं- फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको  गरेको छ।

सार्वजनिक विवरण अनुसार लघुवित्तको खुद नाफा बढेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ७ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४.६४ प्रतिशत बढी हो।गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण लघुवित्तको खुद नाफा बढेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १२.५४ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ७ लाख ४० हजार रुपैयाँ ऋणात्मक रहेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १३.७८ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३४.६४ प्रतिशत बढेको छ। दोस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ४ करोड ७५ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ७ रुपैयाँ ७ पैसा रहेको छ।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी २ रुपैयाँ ६९ पैसा बढेर १० रुपैयाँ ४७ पैसा पुगेको छ। पुस मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ ३१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७६.५१ गुणा रहेको छ।

 


प्रकाशित : सोमबार, माघ १२ २०८२१२:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend