शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

भुजुङ हाइड्रोपावरकाे आईपीओ निष्कासन तथा बिक्री खुला

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ १२ २०८२
भुजुङ हाइड्रोपावरकाे आईपीओ निष्कासन तथा बिक्री खुला

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सेयर निष्कासन गरेकाे थियाे। कम्पनीले  अब सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्कासन गरेको हो।

 काठमाडौं- भुजुङ हाइड्रोपावर लिमिटेडले आज माघ १२ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ। 

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सेयर निष्कासन गरेकाे थियाे। कम्पनीले  अब सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।जसमध्ये  पहिलो चरणमा १० लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र १ लाख कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ।

अब भने कम्पनीले दोस्रो चरणमा कर्मचारीहरुका लागि २० हजार कित्ता र सामूहिक लगानी कोषहरुका लागि ५० हजार कित्ता शेयर सुरक्षित राखी बाँकी रहेको ८ करोड ३० लाख रुपैयाँ बराबरको ८ लाख ३० हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्कासन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्कासन बन्द छिटोमा माघ १५ गते हुनेछ भने ढिलोमा माघ २६ गते हुनेछ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ सिंगल बी प्लस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीको मुख्य उद्देश्य जलविद्युत आयोजनाको विकास, निर्माण र सञ्चालन गर्ने रहेको छ। कम्पनी ऐन २०६३ बमोजिम २०७२ जेठ २१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा भुजुङ हाइड्रोपावर प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भएर २०७९ साउन १० गतेकाट कारोबार सञ्चालन कारोबार गर्दै आएको छ। 

कम्पनीमा हाल १९ सय ६३ जना संस्थापक सेयरधनीहरु रहेका छन्। ताप्लेजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका अवस्थित मिदिम खोलाको पानी उपयोग गरी ७.५ मेगावाट क्षमताको 'उपर मिदिम हाइड्रोपावर' आयोजनाको निर्माण कार्य सुरु गरेको हो। आयोजनाको कुल लागत १ अर्ब ८० करोड ५८ लाख रहेको छ भने आयोजनाको प्रतिमेगावाट लागत २४ करोड ९० लाख रहेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ यो आर्थिक वर्षमा ९४ रुपैयाँ ७२ पैसा पुगेको छ।

कम्पनीका अनुसार धितोपत्र निष्कासनबाट प्राप्त २० करोड रुपैयाँकाे उपयोग ऋणप्रदायक बैंक तथा वित्तीय संस्थाहरु कुमारी बैंक लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडसँग भएको सम्झौताबमोजिम लिएको ट्रम लोनको सावाँ भुक्तानी गर्न उपयोग गर्ने बताएको छ।

 


प्रकाशित : सोमबार, माघ १२ २०८२११:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend