शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

५३‍.९५ प्रतिशतले बढ्याे सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ ११ २०८२
५३‍.९५ प्रतिशतले बढ्याे सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले ३० करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५३.९५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १९ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

काठमाडौं- सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले ३० करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५३.९५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १९ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १८.४९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ११.२९ प्रतिशत बढेको छ।

त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १९.४६ प्रतिशत र सञ्चालन मुनाफा ५९.३३ प्रतिशत बढेको छ। समीक्षा अवधिमा कम्पनीको इम्पेरमेन्ट चार्ज २० करोड ८५ लाख रुपैयाँबाट घटेर १७ करोड ६८ लाख रुपैयाँमा झरेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४ रुपैयाँ ७५ पैसा बढेर १६ रुपैयाँ २१ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २४.७८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ २४ पैसा रहेको छ।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९ करोड ४६ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७ पैसा रहेको छ।

प्रकाशित : आइतबार, माघ ११ २०८२१०:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend