शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

माछापुच्छ्रे बैंककाे खुद नाफा २५ प्रतिशतले बढ्याे

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ ११ २०८२
माछापुच्छ्रे बैंककाे  खुद नाफा २५ प्रतिशतले बढ्याे

समीक्षा अवधिमा बैंकले १ अर्ब १ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.२५ प्रतिशतले बढी हो।

काठमाडाैं- माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरण अनुुसार बैंकको आफ्नो खुद नाफा बढेको छ।त्यसैगरि बैंकको प्रतिसेयर आम्दानीमा पनि सुधार भएको छ। 

समीक्षा अवधिमा बैंकले १ अर्ब १ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.२५ प्रतिशतले बढी हो।

खुद ब्याज आम्दानीमा भएको वृद्धि र गैर-सञ्चालन खर्चमा आएको गिरावटले बैंकको नाफा बढाउन मुख्य भूमिका खेलेको देखिन्छ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४.१६ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २२.१२ प्रतिशतले बढेको छ। यद्यपि, बैंकको इम्पेरमेन्ट चार्ज बढेर ५७ करोड ४२ लाख रुपैयाँ पुगेका कारण सञ्चालन मुनाफामा भने १०.२२ प्रतिशतको गिरावट आएको छ। 

हाल बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ६३ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ७ रुपैयाँ २२ पैसा कायम भएको छ।

बैंकको प्रतिसेयर आम्दानी पनि २ रुपैयाँ ८४ पैसाले बढेर १६ रुपैयाँ ७३ पैसा पुगेको छ। १२ अर्ब ८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ६ अर्ब ९८ करोड रुपैयाँ सञ्चित छ। 

पुस मसान्तसम्ममा बैंकले २ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। हाल बैंकको प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ६० पैसा र मूल्य आम्दानी अनुपात  १३:६१ गुणा रहेको छ।


प्रकाशित : आइतबार, माघ ११ २०८२१०:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend