आइतबार, असार १४ गते २०८३    
आइतबार, असार १४ २०८३

प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ ९ २०८२
प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ भएलगत्तै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मतपत्र छपाइ सुरु गरिने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

काठमाडौं- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ डेढ करोड मतपत्र छपाइ सम्पन्न भएको छ। अब ५० लाख मतपत्र छपाइ बाँकी रहेको निर्वाचन आयोगले जनाएको हो।

यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छपाइ भइरहेको छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ भएलगत्तै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मतपत्र छपाइ सुरु गरिने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

मनोनयनपत्र दर्ता प्रयोजनका लागि एक प्रति मतदाता नामावली छपाइ गरी सबै जिल्लामा पुर्‍याइसकिएको पनि उनले बताए। अन्य तीन प्रति मतदाता नामावली भने आयोग परिसरमा छपाइ भइरहेको आयोगले जनाएको छ। रासस

प्रकाशित : शुक्रबार, माघ ९ २०८२१८:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend