आइतबार, असार १४ गते २०८३    
आइतबार, असार १४ २०८३

पश्चिमी वायुको प्रभाव: पश्चिम नेपालमा वर्षा, उच्च पहाड र हिमालमा हिमपातको सम्भावना

शुक्रबार, माघ ९ २०८२
पश्चिमी वायुको प्रभाव: पश्चिम नेपालमा वर्षा, उच्च पहाड र हिमालमा हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावका कारण आज पश्चिम नेपालका विभिन्न भू–भागमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने मौसमविद्हरूले बताएका छन्।

काठमाडौं- पश्चिमी वायुको प्रभावका कारण आज पश्चिम नेपालका विभिन्न भू–भागमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने मौसमविद्हरूले बताएका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिमदेखि गण्डकी प्रदेशसम्म मध्यम वर्षा हुने सम्भावना रहेको छ भने बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ।

विभागका मौसमविद्का अनुसार माघ ९ गते शुक्रबार दिउँसोदेखि पश्चिम नेपालबाट बादल लाग्न सुरु हुनेछ। त्यसपछि साँझपख सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा सुरु हुने सम्भावना रहेको छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनसहित असिना पनि पर्न सक्ने प्रक्षेपण गरिएको छ।

शुक्रबार राति देशभरका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यमसम्मको हिमपात हुन सक्ने मौसमविद्हरूले बताएका छन्।

शुक्रबारको तुलनामा शनिबार मौसममा केही सुधार आउने अनुमान गरिएको छ। यद्यपि वर्षा र हिमपातका कारण जनजीवन, पर्यटन, स्वास्थ्य सेवा तथा हवाई र सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।


प्रकाशित : शुक्रबार, माघ ९ २०८२०७:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend