शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नेप्से परिसूचक बढ्यो, ९ अर्ब ७ करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ ८ २०८२
नेप्से परिसूचक बढ्यो, ९ अर्ब ७ करोड रुपैयाँको कारोबार

आजको कारोबारमा ३ सय ३२ कम्पनीको १ करोड ९० लाख ७५ हजार ७ सय ५६ कित्ता सेयर खरिद–बिक्री हुँदा ९ अर्ब ७ करोड ३९ लाख ७८ हजार सय ९८ रुपैयाँ बराबरको कारोबार भएको छ।

काठमाडौं- साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से परिसूचक ९.२३ अंकले बढेर २७१४.६१ बिन्दुमा पुगेको छ।

आजको कारोबारमा ३ सय ३२ कम्पनीको १ करोड ९० लाख ७५ हजार ७ सय ५६ कित्ता सेयर खरिद–बिक्री हुँदा ९ अर्ब ७ करोड ३९ लाख ७८ हजार सय ९८ रुपैयाँ बराबरको कारोबार भएको छ।

आज सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ०.१० प्रतिशत, सेन्सेटिभ फ्लोट इण्डेक्स शून्य दशमलव ०९ प्रतिशतले घटेको छ भने फ्लोट इण्डेक्स दशमलव शून्य ०९ प्रतिशतले बढेको छ।

आजको कारोबारमा सागर डिष्टिलरी लिमिटेड, श्रीनगर एग्रिटेक इन्डष्ट्रिज र त्रिशुली जलविद्युत कम्पनीको सेयर सर्किट लेबलमा कारोबार भएको छ भने कालिका हाईड्रोपावरको सेयर  यस दिन ६.२५ प्रतिशत घटेको छ। 

आजको कारोकारमा सबैभन्दा धेरै आँखु खोला जलविद्युत कम्पनीको ४० करोड ८२ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। मञ्जुश्री फाइनान्सको करिब ३६ करोड रुपैयाँको सेयर कारोबार भएको छ भने एसवाई प्यानल नेपालको करिब ३३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक २.३८ प्रतिशत बढेको छ।

अपेक्षाअनुरुप सुधार देखिन नसकेको सेयर बजार चुनावअघि उचाइतर्फ लाग्न थालेको छ। आगामी फागुन २१ मा चुनाव भएसँगै राजनीतिक स्थिरता हुने अपेक्षामा लगानीकर्ता रहेका छन्। संगठित लगानीकर्ताहरू पनि बजारले चुनावपछि नयाँ उचाइ भेट्ने बताइरहेका छन्। 

सेयर बजार सुधारतर्फ बढ्ने अपेक्षा भइरहँदा अहिलेको वृद्धिले केही आश जगाएको र उतारचढावपूर्ण बजार चुनावपछि उचाइतर्फ बढ्ने अनुमान विश्लेषकहरूले गरेका छन्। अहिलेको वृद्धि निरन्तर रहने विश्लेषकहरू बताउँछन्। चुनावपछि बन्ने सरकारमा नयाँ नेतृत्व आउने आँकलनले पनि बजार सकारात्मक हुँदै जाने जनाइएको छ। 

अहिले चुनावी सरकारले पनि निजी क्षेत्रमैत्री विभिन्न नीतिका साथै पुँजी बजारलाई समेत विशेष ध्यान दिइरहँदा लगानीकर्ता केही विश्वस्त देखिन्छन्। गएको साउनमा देखिएको उछालपछि बजार धरमर गरिरहँदा बढ्दो ट्रेन्ड छायामा देखिएको थियो। 

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा गएको साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो।

 

 


प्रकाशित : बिहीबार , माघ ८ २०८२१५:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend