काठमाडौं- संघीय राजधानी रहेको जिल्ला काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा ७ लाख १० हजार ७ सय ८ जना मतदाता कायम भएका छन्। यसमा महिला ३ लाख ६४ हजार, पुरुष ३ लाख ४६ हजार १ सय १६ र अन्य ७ जना रहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जनाएको छ।
आगामी फागुन २१ ग्ते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौंमा मतदान स्थल ३ सय २० र मतदान केन्द्र ८ सय १७ वटा कायम गरिएको जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए। काठमाडौं निर्वाचन क्षेत्र नं. १ मा मतदान स्थल २२ र मतदान केन्द्र ५७ वटा छन्। यहाँ २५ हजार २ सय ५२ महिला र २३ हजार २ सय ३७ पुरुष गरी कुल ४८ हजार ८ सय ४९ जना मतदाता छन्।
यसैगरी क्षेत्र नं. २ मा मतदान स्थल ४० र मतदान केन्द्र १ सयवटा छ। यस क्षेत्रमा पुरुष मतदाता ४५ हजार ३ सय १५ र महिला मतदाता ४३ हजार ३९३ गरी कुल मतदाता ८८ हजार ७ सय ८ जना रहेको पनि उनले बताए। क्षेत्र नं. २ काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मतदाता रहेको क्षेत्र हो।
काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं. ३ मा मतदान स्थल २९ वटा र मतदान केन्द्र ७२ वटा छन्। यो निर्वाचन क्षेत्रमा महिला मतदाता ३२ हजार ९ सय २३ र पुरुष मतदाता ३१ हजार ५ सय ५६ गरी कुल ६४ हजार ४ सय ७९ जना मतदाता छन्।
क्षेत्र नं. ४ मा ३३ वटा मतदान स्थल र ८८ वटा मतदान केन्द्र छन्। यहाँ ३९ हजार ५ सय ९९ महिला र ३६ हजार ५ सय ४२ पुरुष गरी ७६ हजार १ सय ४१ जना मतदाता छन्। क्षेत्र नं. ५ मा मतदान स्थल ३१ वटा र मतदान केन्द्र ९० वटा छन्। यो क्षेत्रमा ४० हजार ८ सय ३२ महिला, ३७ हजार २ सय ७८ पुरुष र अन्य ४ गरी कुल मतदाता ७८ हजार १ सय १४ जना छन्। क्षेत्र नं. ६ मा मतदान स्थल ३२ वटा र मतदान केन्द्र ७९ वटा छन्। यहाँ महिला ३४ हजार ९ सय ५६, पुरुष ३२ हजार ८ सय २ र अन्य १ गरी कुल मतदाता ६७ हजार ७ सय ५९ जना छन्।
क्षेत्र नं. ७ मा मतदान स्थल २९, मतदान केन्द्र ७८ वटा छन्। महिला ३४ हजार ७ सय ३८ र पुरुष ३२ हजार ६ सय ७३ गरी कुल ६७ हजार ४ सय ११ मतदाता छन्। क्षेत्र नं. ८ मा मतदान स्थल २३ र मतदान केन्द्र ६५ वटा छन्। महिला २९ हजार ८ सय ९८ र पुरुष २७ हजार ९ सय १३ गरी कुल ५७ हजार ८ सय ११ जना मतदाता छन्।
क्षेत्र नं. ९ मा ३४ वटा मतदान स्थल र मतदान केन्द्र ९० वटा छन्। महिला ४० हजार २ सय ७८ र पुरुष ३८ हजार २ सय १७ गरी कुल ७८ हजार ४ सय ९५ जना मतदाता छन्। क्षेत्र नं. १० मा मतदान स्थल ४७ र मतदान केन्द्र ९८ वटा छन्। यहाँ महिला ४२ हजार ७ सय १६, पुरुष ४० हजार ५ सय ८३ र अन्य २ गरी कुल मतदाता ८३ हजार ३ सय १ जना मतदाता छन्।
काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नंं. १ मा ३०, क्षेत्र नंं. २ मा २२, क्षेत्र नंं. ३ मा २४, क्षेत्र नं.४ मा २८, क्षेत्र नंं. ५ मा २७, क्षेत्र नं. ६ मा २२, क्षेत्र नं. ७ मा २८, क्षेत्र नं. ८ मा २२, क्षेत्र नं. ९ मा २७ र क्षेत्र नं.१० मा पनि २७ जना उम्मेदवारले मनोनयन पत्र दर्ता गराएको पनि जिल्ला निर्वाचन अधिकारी भट्टराईले बताए। काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा गरी २ सय ५७ जना उम्मेदवारले मनोनयन पत्र दर्ता गराएको जानकारी पनि उनले दिए। रासस