शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

आरएसडीसी लघुवित्तकाे खुद नाफा बढ्याे

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ ८ २०८२
आरएसडीसी लघुवित्तकाे खुद नाफा बढ्याे

विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ भने खुद ब्याज आम्दानी घटेको छ।

काठमाडाैं- आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ भने खुद ब्याज आम्दानी घटेको छ।

चालु आर्थिक वर्षको पहिलो दोस्रो त्रैमाससम्म महिनासम्ममा लघुवित्तले ७ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएआर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३.५४ प्रतिशतले बढी हो।इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको लघुवित्तको कुल सञ्चालन आम्दानी १.७२ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ६९.४८ प्रतिशत बढेको छ।  खुद ब्याज आम्दानी ४.०१ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २१ प्रतिशत बढेको छ।

दोस्रो त्रैमाससम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ६ करोड ६८ लाख रुपैयाँ र वितरणयोग्य प्रतिसेयर आम्दानी १२ रुपैयाँ ९३ पैसा पुगेको  छ।

 समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ४७ पैसा बढेर १४ रुपैयाँ ८३ पैसा पुगेको छ। पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४३.१५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ १५ पैसा रहेको छ।

 


प्रकाशित : बिहीबार , माघ ८ २०८२११:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend