सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ ८ २०८२
घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

आधुनिक प्रविधि र रेडिमेड कपडाको बढ्दो प्रयोगका बीच पनि परम्परागत सीपको संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले रसिला ताम्राकार र हीरामाया ताम्राकारले ४२ वर्षदेखि निरन्तर रुपमा यो पेसालाई जीवित राख्दै आएका हुन्।

भोजपुर- भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत ऊनी कपडा बुन्ने घरेलु उद्योग सञ्चालन गर्दै आएका छन् । 

आधुनिक प्रविधि र रेडिमेड कपडाको बढ्दो प्रयोगका बीच पनि परम्परागत सीपको संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले रसिला ताम्राकार र हीरामाया ताम्राकारले ४२ वर्षदेखि निरन्तर रुपमा यो पेसालाई जीवित राख्दै आएका हुन्। 

परम्परागत चर्खा तथा होजियारी मेसिनको प्रयोग गरी ऊनी धागोबाट स्विटर, चौबन्दीचोलो, ब्लाउज, मफ्लर, टोपीलगायत कपडा उत्पादन गर्दै आएको रसिला ताम्राकारले बताइन्। विद्यार्थी, स्थानीय बासिन्दा तथा विशेष अर्डरका ग्राहकको मागअनुसार डिजाइन र साइजमा कपडा तयार गर्ने गरिएको उनको भनाइ छ।

विगतमा भोजपुरमा आधा दर्जनभन्दा बढी यस्ता घरेलु ऊनी उद्योग सञ्चालनमा रहेपनि पछिल्ला वर्षहरूमा अधिकांश बन्द भइसकेका छन्। विविध चुनौतीको सामना गर्दै आफूहरूले चार दशकदेखि यही पेसालाई निरन्तरता दिँदै आएको बताइन्। 

‘अजिमा ऊनी वस्त्रालय’ नामबाट सञ्चालन भइरहेको यस उद्योगबाट वार्षिक करिब सात लाख रुपैँया सम्मको कारोबार हुने गरेको छ। कच्चा पदार्थ तथा अन्य खर्च कटाएर पनि करिब ५० प्रतिशतसम्म आम्दानी हुने गरेको उनीहरुकोहरूको भनाइ छ। यहाँ उत्पादन भएका ऊनी कपडा उपहारका रूपमा देशका विभिन्न जिल्लासँगै विदेश पनि पुग्ने गरेको हिरामाया ताम्राकारले जानकारी दिइन्। उद्योग सञ्चालनका लागि धागो तथा अन्य कच्चा पदार्थ धरान, इटहरीलगायत सहरबाट ल्याइने गरिएको छ।

स्थानीय तहबाट प्रवद्र्धन, सीप हस्तान्तरणका कार्यक्रम तथा बजार व्यवस्थापनमा सहयोग भएमा परम्परागत घरेलु उद्योगले रोजगारी सिर्जना गर्नाका साथै स्थानीय संस्कृति संरक्षणमा पनि योगदान पुग्ने यहाँका ज्येष्ठ नागरिक बताउँछन्।रासस


प्रकाशित : बिहीबार , माघ ८ २०८२१०:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend