शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

होटल फरेष्ट इनकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ ८ २०८२
होटल फरेष्ट इनकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन

कम्पनीले माघ ४ देखि आजसम्मका लागि सेयर निष्कासन गरेको छ। आजसम्म माग अनुसार आवेदन नपरेको खण्डमा माघ १८ गतेसम्म आवेदन दिन सकिने छ।

काठमाडाैं- होटल फरेष्ट इनले वैदेशिक रोजगारीमा जानेका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो।

कम्पनीले माघ ४ देखि आजसम्मका लागि सेयर निष्कासन गरेको छ। आजसम्म माग अनुसार आवेदन नपरेको खण्डमा माघ १८ गतेसम्म आवेदन दिन सकिने छ।

कम्पनीले जारी पुँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात ४० करोड रुपैयाँको ४० लाख कित्ता सेयर निष्कासन गर्न लागेको छ। जसमा १० प्रतिशतले हुन आउने प्रतिकित्ता सय रुपैयाँका दरले ४ करोड रुपैयाँको ४ लाख कित्ता सेयर विदेशमा रहेका नेपालीका लागि निष्कासन गर्ने भएको हो।

आईपीओमा न्यूनतम १० देखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा सदस्य सेवा लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन्।


प्रकाशित : बिहीबार , माघ ८ २०८२१०:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend