सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

भारतसँग वस्तु निर्यातको पूर्वसूचना आदानप्रदान सम्झौता, चुहावट नियन्त्रण अझै प्रभावकारी हुने

बुधबार, माघ ७ २०८२
भारतसँग वस्तु निर्यातको पूर्वसूचना आदानप्रदान  सम्झौता, चुहावट नियन्त्रण अझै प्रभावकारी हुने

समझदारी पत्रमा नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारी र भारतका तर्फबाट केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड अध्यक्ष विवेक चतुर्वेदीले हस्ताक्षर गरेका छन्।

काठमाडौं- नेपाल र भारतबीचमा वस्तु निर्यातको पूर्वसूचना आदानप्रदान सम्बन्धि सम्झौता भएको छ। 

दुई देशका भन्सार प्रशासनबीचमा यस्तो सम्झौता भएको हो। वस्तुको निर्यात भइसकेपछि गन्तव्यमा नपुग्दै त्यसको जानकारी सम्बन्धित अर्को भन्सार प्रशासन सूचना दिनेगरी सम्झौता भएको हो। 

नेपालको प्रमुख व्यापारिक साझेदार मुलुक भारतसँग निकासी गर्ने वस्तुको तथ्यांक अग्रीम रुपमा आदान-प्रदान गर्ने व्यवस्था गर्न भारतको केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क वोर्ड र भन्सार विभागको सहकार्यमा तयार गरिएको समझदारीपत्र हस्ताक्षर भएको हो। 

समझदारीपत्रमा जोखिम विश्लेषण मार्फत् भन्सार नियन्त्रण र व्यापार सहजीकरणलाई थप प्रभावकारी बनाउने, भन्सारको प्रकृयामा लाग्ने समय न्यूनीकरण गर्दै सुरक्षित अन्तराष्ट्रिय व्यापारलाई सुनिश्चित गर्ने, राष्ट्रिय कानूनले तोकेको सीमा भित्र रही विद्युतीय माध्यमबाट निकासी तथ्यांक आदान प्रदान गर्ने व्वस्था रहेको छ। 

सूचनाको उपयोग समझदारी पत्र अनुकूलमात्र गर्ने, समझदारी पत्रको कार्यान्वयनका लागि सम्पर्क अधिकारी तोक्ने, दुवै पक्षबीच समझदारी भएका तोकिएका वस्तमा नमूनाको रुपमा कार्यान्वयन गरी तत्पश्चात् सबै वस्तुहरुमा लागू गर्ने, समझदारी पत्रमा उल्लेखित विषयको कार्यान्वयनमा विवाद भएमा आपसी सहमतिमा कुटनीतिक माध्यमबाट समाधान गर्ने तथा आपसी समझदारीमा समझदारीपत्रमा संशोधन समेत गर्न सकिने प्रावधान रहेका छन्।

समझदारी पत्रमा नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारी र भारतका तर्फबाट केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड अध्यक्ष विवेक चतुर्वेदीले हस्ताक्षर गरेका छन्। 

यो सम्झौतासँगै नेपालको भन्सार नाकामा सुरू भएको डेटाबे प्रणाली अझै प्रभावकारी हुने अर्थमन्त्री रामेश्वर खनालले बताएका छन्। भन्सारको चुहावट नियन्त्रणका लागि यो सहकार्य प्रभावकारी हुने उनको विश्वास छ। 


प्रकाशित : बुधबार, माघ ७ २०८२२०:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend