सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

चालु आर्थिक वर्षको ६ महिनामा नेपालले गर्‍यो १० खर्ब ८१ अर्ब रुपैयाँको वैदेशिक व्यापार

निर्यात ४३.७६ प्रतिशतले बढ्दा आयात १४.१८ प्रतिशतले बढ्यो

बुधबार, माघ ७ २०८२
चालु  आर्थिक वर्षको ६ महिनामा नेपालले गर्‍यो १० खर्ब ८१ अर्ब रुपैयाँको वैदेशिक व्यापार

काठमाडौं- चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि पुसमसान्तसम्ममा नेपालले १० खर्ब ८१ अर्ब४ करोड रुपैयाँबराबरको वैदेशिक व्यापार गरेको छ।

यो रकम गत आर्थिक वर्षको सही अवधिको तुलनामा १७.३६ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अविधिमा नेपालले कुल ९ खर्ब २१ अर्ब १५ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको थियो।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ६ महिनामा आयात १४.१८ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको ६ महिनामा नेपालले कुल ९ खर्ब ३९ अर्ब २ करोड रुपैयाँबराबरको सामान तथा वस्तु आयात गरेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा नेपालले ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँबराबरको सामान तथा वस्तु आयात गरेको थियो।

यसैगरी चालु आर्थिक वर्षको ६ महिनामा निर्यात ४३.७६ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको ६ महिनामा नेपालबाट १ खर्ब ४२ अर्ब १ करोड रुपैयाँबराबरको सामान तथा वस्तु निर्यात गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा नेपालले ९८ अर्ब ७८ करोड ९२ लाख रुपैयाँबराबरको सामान निर्यात गरेको थियो।

विभागले जारी गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ६ महिनामा वैदेशिक व्यापार घाटा १०.१५ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको ६ महिनाको कुल वैदेशिक व्यापार घाटा ७ खर्ब ९७ अर्ब रुपैयाँ छ। गत आर्थिक वर्षको सोही अवधिको वैदेशिक व्यापार घाटा ७ खर्ब २३ अर्ब रुपैयाँ थियो।


प्रकाशित : बुधबार, माघ ७ २०८२१६:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend