शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नेप्से परिसूचक ९ अंकले घट्यो, ८ अर्ब ९२ करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ ७ २०८२
नेप्से परिसूचक ९ अंकले घट्यो, ८ अर्ब ९२ करोड रुपैयाँको कारोबार

आजको कारोबारमा ३ सय २४ कम्पनीको २ करोड १६ लाख ४१ हजार ८ सय ३३ कित्ता सेयर खरिद–बिक्री हुँदा ८ अर्ब ९२ करोड ३६ लाख ५० हजार ३ सय ४६ रुपैयाँ बराबरको कारोबार भएको छ।

काठमाडौ- आज बुधबार नेप्से परिसूचक ९.४३ अंकले घटेर २७०५.३८ बिन्दुमा पुगेको छ।

आजको कारोबारमा ३ सय २४ कम्पनीको २ करोड १६ लाख ४१ हजार ८ सय ३३ कित्ता सेयर खरिद-बिक्री हुँदा ८ अर्ब ९२ करोड ३६ लाख ५० हजार ३ सय ४६ रुपैयाँ बराबरको कारोबार भएको छ।

आज सेन्सेटिभ इण्डेक्स शुन्य दशमलव २८ प्रतिशत, फ्लोट इण्डेक्स शुन्य दशमलव ३० र सेन्सेटिभ फ्लोट इण्डेक्स शुन्य दशमलव ३१ प्रतिशतले घटेको छ।

आजको कारोबारमा सबैभन्दा धेरै कालिका पावर कम्पनी को सेयर ९.८४ प्रतिशत,नारायणी डेभलपमेन्ट बैंकको सेयर ९.१६ प्रतिशतले बढेको छ।  गुराँस लद्युवित्तको सेयरमूल्य यस दिन ५.८९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनीको ४३ करोड ३६ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ३५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम ३३ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये अन्य उपसमूहको परिसूचक बाहेक अन्य १२ उपसमूहको परिसूचक घटेको छ। अन्य उपसमूहको परिसूचक ०.२६ प्रतिशत बढेको हो।  वित्त, होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

अपेक्षाअनुरुप सुधार देखिन नसकेको सेयर बजार चुनावअघि उचाइतर्फ लाग्न थालेको छ। आगामी फागुन २१ मा चुनाव भएसँगै राजनीतिक स्थिरता हुने अपेक्षामा लगानीकर्ता रहेका छन्। संगठित लगानीकर्ताहरू पनि बजारले चुनावपछि नयाँ उचाइ भेट्ने बताइरहेका छन्। 

सेयर बजार सुधारतर्फ बढ्ने अपेक्षा भइरहँदा अहिलेको वृद्धिले केही आश जगाएको र उतारचढावपूर्ण बजार चुनावपछि उचाइतर्फ बढ्ने अनुमान विश्लेषकहरूले गरेका छन्। अहिलेको वृद्धि निरन्तर रहने र साताभर नै बजारमा हरियाली नै देखिने विश्लेषकहरू बताउँछन्। चुनावपछि बन्ने सरकारमा नयाँ नेतृत्व आउने आँकलनले पनि बजार सकारात्मक हुँदै जाने जनाइएको छ। 

अहिले चुनावी सरकारले पनि निजी क्षेत्रमैत्री विभिन्न नीतिका साथै पुँजी बजारलाई समेत विशेष ध्यान दिइरहँदा लगानीकर्ता केही विश्वस्त देखिन्छन्। गएको साउनमा देखिएको उछालपछि बजार धरमर गरिरहँदा बढ्दो ट्रेन्ड छायामा देखिएको थियो। 

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा गएको साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो।


 

 


प्रकाशित : बुधबार, माघ ७ २०८२१५:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend